Aug 13 2026 | २०८३, श्रावण २८ गते

अब कक्षा १० सम्मका विद्यार्थीलाई दिनकै ३० रुपियाँ खाजाको लागि दिइने

अब कक्षा १० सम्मका विद्यार्थीलाई दिनकै ३० रुपियाँ खाजाको लागि दिइने

  • 517
    SHARES

  • अब कक्षा १० सम्मका विद्यार्थीलाई दिनकै ३० रुपियाँ खाजाको लागि दिइने

    भदौ, ३ गते काठमाडौ । काठमाडौं महानगरपालिकाले दिवा खाजामा रकम थप गर्नुका साथै कक्षा १० सम्म प्रति विद्यार्थी दैनिक ३० रुपैयाँका दरले खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको छ। महानगरपालिकाको नगर कार्यपालिकाका अनुसार दिवा खाजा कार्यक्रम भदौ १ देखि लागु गरिएको छ।

    सङ्घीय सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई दुर्गममा २० र सुगम जिल्लाम प्रति विद्यार्थी रु. १५ का दरले दिवा खाजा कार्यक्रम सञ्चालन गरिरहेकोमा काठमाडौ महानगरले भने कक्षा १० सम्म प्रति विद्यार्थी दैनिक ३० रुपैयाँका दरले खाजा खर्च उपलब्ध गराउने भएको छ। यसअघि काठमाडौ महानगरले कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालन गरेको थियो।

    काठमाडौ महानगर भित्र हाल ८९ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन्। दिवा खाजा कार्यक्रमबाट प्रारम्भिक बालविकासदेखि कक्षा १० सम्मका गरेर करिब ४० हजार विद्यार्थी लाभान्वित हुने बताइएको छ। दिवा खाजाका लागि महानगरले २३ करोड रुपियाँ विनियोजन समेत गरिसकेको छ। 

     

    images
    आइतवार, भाद्र ३ २०८००८:१७:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार