Aug 13 2026 | २०८३, श्रावण २८ गते

शिक्षक बढुवाको लागि आवेदन माग

शिक्षक बढुवाको लागि आवेदन माग

  • 2.3K
    SHARES

  • शिक्षक बढुवाको लागि आवेदन माग

    भदौ, ११ काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक बढुवाको लागि आवेदन माग गरेको छ। आयोगले आन्तरिक प्रतियोगितात्मक परीक्षा ( २५ प्रतिशत) र कार्य सम्पादन मूल्याङ्कन (७५ प्रतिशत) को आधारमा शिक्षक बढुवाका लागि आवेदन माग गरेको हो ।

    सामुदायिक विद्यालयमा नेपाल सरकारबाट स्वीकृत दरबन्दी अनुसार विभिन्न जिल्ला तह र श्रेणीमा रिक्तरहेका शिक्षक पदहरूमा आन्तरिक प्रतियोगितात्मक परीक्षा र कार्य क्षमता मूल्याङ्कनका आधारमा बढुवाद्वारा पूर्तिगर्नका लागि शिक्षक सेवा आयोगको नियमावली, २०५७ को नियम २७ बमोजिम बढुवाको निमित्त सम्भाव्य उम्मेदवारहरूले आयोगबाट निर्धारित दरखास्त फाराम भर्नुपर्ने सुचनामा उल्लेख गरेको छ।

    आन्तरिक प्रतियोगितात्मक परीक्षा (२५ प्रतिशत) का लागि मिति भदौं ११ गतेदेखि आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov.np मार्फत अनलाइन दरखास्त पेस गर्नुसकिने छ ।

    कार्यसम्पादन मूल्याङ्कनको आधारमा शिक्षक बढुवा ( ७५ प्रतिशत) का लागि आयोगबाट निर्धारित दरखास्त फाराम भरी सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइ मार्फत दरखास्त पेस गर्नुपर्ने छ । शिक्षा विकास तथा समन्वय एकाइले समेत यसैलाई आधार लिई दरखास्त फाराम लिइदिनुहुन समेत अनुरोध गरेको छ ।

    यहाँबाट हेर्नुस विज्ञापनको विस्तृत विवरण

    www.tsc.gov.np

    FB_IMG_1693186732749.jpg

     

    images
    सोमवार, भाद्र ११ २०८००७:४२:३९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार