मंगलवार, भाद्र १९ २०८०
भदौ, १९ गते बुधबार । शिक्षा बिकास निर्देशनालय बागमती प्रदेश स्तरिय निबन्धलेखन हुने भएको छ। 'दिगो र शान्तिपुर्ण समाज निर्माणका लागि साक्षरताको प्रबर्द्धन' बिषयाक शिर्षकमा निबन्ध लेखन प्रतियोगिता हुने भएको हो।
निर्देशनालयले एक सुचना जारी गर्दै मिति २०८० भाद्र २२ गते पर्न गएको ५७ औं अन्तराष्ट्रिय साक्षरता दिवस (सेप्टेम्बर ८) को अवसरमा बागमती प्रदेश अन्तर्गत माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिताको आयोजना गर्न लागिएको सुचनामा उल्लेख गरेको छ।
निबन्ध लेखनका लागि बागमती प्रदेश अन्तर्गतको स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइहरूले आ-आफ्नो कार्यक्षेत्र भित्रका माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूलाई जानकारी गराई सो प्रतियोगितामा सहभागी हुने वातावरण तयार गरिदिनु हुन सम्बन्धित सबै विद्यालय, स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइहरूलाई अनुरोध समेत गरेको छ।
निबन्ध लेखन प्रतियोगितामा बागमती प्रदेश भित्रका कक्षा ९ देखि १२ कक्षा सम्मका विद्यार्थी सहभागी हुन पाउनेछन् भने निबन्ध ५०० देखि १०० शब्दमा नेपाली भाषामा लेख्नुपर्ने सुचनामा उल्लेख गरेको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीले मिति २०८० भदौ २५ गते ५ बजे भित्र आफ्नो नाम, थर ठेगाना बिद्यालयको नाम, ठेगाना, अध्ययनरत कक्षा र सम्पर्क नम्बर सहित निर्देशनालयको इमेल edd.bagmati@gmail.com मा पठाउनुपर्ने छ।

