Aug 13 2026 | २०८३, श्रावण २८ गते

शिक्षकहरुको आन्दोलनलाई कसरी सफल बनाउने? - अभिषेक घिमिरे

शिक्षकहरुको आन्दोलनलाई कसरी सफल बनाउने? - अभिषेक घिमिरे

  • 815
    SHARES

  • शिक्षकहरुको आन्दोलनलाई कसरी सफल बनाउने? - अभिषेक घिमिरे

    शिक्षकहरुको आन्दोलन कसरी सफल बनाउने?

    नौ वटा टिप्स :

    १. सबैभन्दा पहिले नेपालका सबै पुर्व तथा बहालवाला प्रधानमन्त्री, मन्त्री, विभिन्न दलका शीर्ष नेता, सांसद, मन्त्रालयका सचिव लगायतलाई पढाउनु भएका गुरुहरुको सूची तयार गरौँ ! उहाँहरुलाई अघिल्लो लाइनमा राखेर आन्दोलन सुरुवात गरौँ I वार्ता समितिमा समेत उहाँहरुलाई सहभागी गराऔं I आफूलाई पढाउने गुरु नै आन्दोलनमा होमिएको कुराले नीति निर्मातालाई केही हदसम्म सोच्न बाध्य बनाउनेछ I नीति निर्माताहरुको अहंकार तोड्न यो एक अचूक उपाय बन्न सक्दछ I

    २. विधेयक संसदमा पेश भैसकेको कारण सडक आन्दोलनसँगै विभिन्न दलका शीर्षस्थ नेता, विषयगत संसदीय समितिका सदस्य, पत्रकार, सरोकारवाला लगायत सबैसँग अविछिन्न संवाद तथा अन्तरक्रिया कार्यक्रम संचालन गरौँ I

    ३. समाजमा प्रभावशाली छवि भएका कलाकार, वैज्ञानिक, व्यवसायी, नागरिक अगुवा, पत्रकार, सामाजिक अभियन्ता लगायतलाई भेटेर आफ्ना कुरा प्रष्ट राखौं I आन्दोलनमा सहभागी हुन् आव्हान गरौँ I शिक्षकको यो आन्दोलनमा नागरिक समाज र आम अभिभावकको सहभागिता अति जरुरी छ I

    ४. शिक्षकहरुले दलीय आवद्धता त्यागेर स्वन्त्र तथा पेशागत शिक्षकको छुट्टै महासंघ सडकबाटै गठन गरेको घोषणा गरौँ ! शिक्षक महासंघ दलहरुको अखडा हो भन्ने भ्रमलाई चिरेर सबै शिक्षकलाई समेट्न यो कदमले महत्वपुर्ण साथ् दिनेछ I शिक्षकहरुलाई फुटाएर वा विभाजन गराएर आन्दोलन तुहाउने नेताहरु यो कदमले झस्किने छन् I

    ५. यो निर्णायक आन्दोलन हो I कोही कसैको प्रलोभन, बहकाउमा नपरौं I आन्दोलनको साझा एजेन्डा के हो ? बटमलाइन के हो, त्यसलाई सबै माझ सशक्त संचार गरौँ I आन्दोलनमा के कति प्रगति भइरहेको छ, त्यसको आधिकारिक सुचना प्रवाह गर्ने गोप्य र सार्वजनिक सोसल मिडिया प्ल्याटफर्म निर्माण गरौँ I ख्याल गरौँ, यस्ता आन्दोलनमा Communication Gap भएकै कारण Misunderstanding उत्पन्न भएर आन्दोलन निस्कर्षमा नपुग्दै तुहिने गर्दछन I

    ६. पटक पटक धोका पाएको विगतको अनुभवलाई सम्झंदै यसपटकको आन्दोलनमा प्रधानमन्त्री, अर्थ, कानुन, शिक्षा मन्त्री सहितको वार्ता टोलीसँग मात्र वार्ता गरौँ I संसदमा टेबुल भइसकेको विषय भएको कारण सबै दलका शीर्ष नेता, शिक्षा हेर्ने समितिका नेता लगायत सबैलाई आफ्ना माग र विषय प्रष्टसंग बुझाउन प्रयास गरौँ I नत्र, सरकारसँग गरेको सम्झौता कार्यान्वयन गर्न संसद बाध्य हुने छैन I

    ७. आन्दोलनमा संचार सबैभन्दा महत्वपूर्ण कुरा हो I सामाजिक संजालमा यो आन्दोलन किन आवश्यक हो भनेर आम मानिसले बुझ्ने भाषामा लेखौं I विभिन्न संचार माध्यमलाई सहयोगका लागि आग्रह गरौँ I अभिभावक र विद्यार्थीलाई विस्वासमा लिएर अघि बढौं I

    ८. विद्यार्थीको पढ्ने अधिकारलाई आन्दोलन त के युद्धको बेला पनि बन्चित गर्न हुँदैन I पटक पटक विद्यालय बन्द गर्ने अवस्था आउनु वा बन्द हुनु हामी सबैका लागि भर्त्सनापूर्ण कुरा हो I त्यसैले यो नै अन्तीम र निर्णायक सडक आन्दोलन बनोस I अबको दोस्रो शैक्षिक आन्दोलन हरेक शिक्षक र विद्यार्थी मिलेर कक्षाकोठाभित्र गर्नुपर्दछ I सिकाइ गुणस्तर सुधारको त्यो महा आन्दोलनका लागि सबै शिक्षकका लागि आत्मसम्मान, पेशागत मर्यादा र स्व-उत्प्रेरणाको आधार यो आन्दोलनले दिन सकोस - शुभकामना !!

    ९. यो आन्दोलनमा कुनै पनि भूमिकामा आवश्यक भएमा सहयोग गर्न व्यक्तिगत रुपमा तयार रहेको जानकारी गराउँदछु I

     

    images
    मंगलवार, आश्विन २ २०८००९:०३:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार