Aug 13 2026 | २०८३, श्रावण २८ गते

काठमाडौ केन्द्रित आन्दोलन: हजारौको संख्यामा शिक्षक काठमाडौ उर्लिए

काठमाडौ केन्द्रित आन्दोलन: हजारौको संख्यामा शिक्षक काठमाडौ उर्लिए

  • 565
    SHARES

  • काठमाडौ केन्द्रित आन्दोलन: हजारौको संख्यामा शिक्षक काठमाडौ उर्लिए

    असोज, ३ काठमाडौ । संसदमा दर्ता भएको प्रस्तावित शिक्षा ऐन २०८० विरुद्ध आन्दोलित बनेका देशभरका शिक्षकहरु हजारौको संख्यामा काठमाडौमा उर्लिएका छन्। यसअघि देशका विभिन्न ठाउमा आन्दोलन गरिरहेका शिक्षकहरु अन्तिम धक्का दिन भन्दै शिक्षक महासंघको आह्वानमा हजारौंको संख्यामा राजधानी आएका हुन् ।

    FB_IMG_1695174644078.jpg

    नेपाल शिक्षक महासंघले शिक्षा विधेयकमा शिक्षकका मागहरू नसमेटिएको भन्दै आज बुधबार देखि काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेको थियो । बिधेयेकमा संशोधन गर्नुपर्ने विभिन्न १८ बुँदे मागहरु अघि सार्दै त्यसका लागि जिल्ला जिल्लाबाट शिक्षक कर्मचारीहरू काठमाडौँ आइसकेका छन् । पटक पटक सरकार र मन्त्रालयसँग सहमति र वार्तामा बसेको तर विधेयक शिक्षक कर्मचारीहरूलाई मर्का पर्नेगरी आएको नेपाल महासंघले आरोप लगाएको छ ।

    FB_IMG_1695100974931.jpg

    महासंघको आन्दोलनका कारण पठनपाठन प्रभावित हुने निश्चित छ तर जिम्मेवार बन्दै महासङ्घले आन्दोलनका कारण प्रभावित भएको पठनपाठन पछि अतिरिक्त समयमा पढाएर पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। विद्यालय बन्द गर्नु आफूहरूको रहर नभएर बाध्यता भएको भन्दै अभिभावक तथा विद्यार्थीहरूलाई आफ्नो मर्का बुझिदिन आग्रह गरेका छन् । 

    यस अघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार दिउँसो तीन बजेका लागि वार्तामा बोलाए पनि शिक्षा मन्त्रालयसँग वार्ता गर्नुको औचित्य नभएको भन्दै महासंघले जारी राख्ने जनाएको छ ।

    FB_IMG_1695132110117.jpg

    विधेयक संसदमा दर्ता भइसकेको अवस्थामा मन्त्रालयको अधिन बाहिर गएको ठहर गर्दै मन्त्रालयसँग वार्तामा जानुको औचित्य नरहेको महासंघको ठहर छ । नेपाल शिक्षक महासंघसंग बार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा वार्ता समिति गठन समेत गरेको छ ।

    प्रधानमन्त्रीको निर्देशनमा सरकारले शिक्षामन्त्रीको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो । तर, महासंघले शिक्षामन्त्रीसँग वार्ता गर्न अस्वीकार गरेको छ ।

     

     

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार