Aug 13 2026 | २०८३, श्रावण २८ गते

आन्दोलनको दोस्रो दिन, शिक्षक बिद्यालय समयमै आन्दोलनमा उपस्थित हुने

आन्दोलनको दोस्रो दिन, शिक्षक बिद्यालय समयमै आन्दोलनमा उपस्थित हुने

  • 586
    SHARES

  • आन्दोलनको दोस्रो दिन, शिक्षक बिद्यालय समयमै आन्दोलनमा उपस्थित हुने

    असोज, ४ गते काठमाडौ । नेपाल शिक्षक महासंघको आह्वानमा १८ बुदे माग पेश गर्दै काठमाडौ केन्द्रित आन्दोलनमा होमिएका शिक्षकहरु आज बिद्यालय समयमै माइतिघरमा उपस्थित हुने भएका छन्।

    यसअघि काठमाडौ महानगरले बिद्यालय बन्द गरे कार्बाही गर्ने निर्देशनका बाबजुत शिक्षकहरुले बिद्यालय समयमै आन्दोलनमा उपस्थित हुने बताएका हुन। यद्यपि कार्यक्रम भने १०:३० बजे र्‍याली सुरु हुने बिज्ञप्तिमा उल्लेख छ।

    आन्दोलनमा राहत, करार, बालविकास, स्थायीलगायत सम्पुर्ण शिक्षक कर्मचारी आन्दोलन सहभागी छन् । शिक्षकहरूको आन्दोलनको कारण देशभरका झण्डै ३० हजार विद्यालय बन्द हुनुका साथै ७० लाख जति विद्यार्थी पढ्नबाट वञ्चित हुनेछन् ।

    हिजोदेखि शुरु भएको आन्दोलनमा विभिन्न संघ संगठनहरुले ऐक्यबद्धता जनाएका छन।

    शिक्षक महासंघको आजको कार्यक्रम ।

    FB_IMG_1695259543900.jpgFB_IMG_1695259545682.jpgFB_IMG_1695229975355.jpgFB_IMG_1695222085200.jpg

    images
    बिहिवार, आश्विन ४ २०८००७:४८:२०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार