बुधवार, आश्विन १० २०८०
असोज, १० काठमाडौ । संसदमा दर्ता भएको शिक्षा सम्बन्धी बिधेयक २०८० प्रती आपत्ति जनाउदै बिगत लामो समय देखि आन्दोलनमा रहेका राहत शिक्षकहरूकाे प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकाे छ ।

निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन बार लगाएर बसेको प्रहरीले केही शिक्षकलाई लछारपछार र लाठी प्रहार गरेको छ ।माइतीघर बाट शुरुभएको र्याली बानेश्वरमा पुगेपछी आन्दोलनमा धकेलाधकेल भएको र त्यसक्रममा केही शिक्षकहरू घाइते समेत भएका छन् ।

राहत शिक्षक हरुको आन्दोलन चर्किदै गएको छ। पछिल्लो समय राहत शिक्षकहरु आन्दोलनको लागि भनेर काठमाडौ आउने क्रम समेत बढेको छ।

शिक्षकहरूकाे प्रदर्शनका कारण माइतीघर बानेश्वर सडकखण्ड अवरुद्ध भएकाे छ । प्रहरीले निषेधित क्षेत्रमा प्रवेश राेक लगाउने क्रममा झडप भएकाे हाे ।


