Aug 13 2026 | २०८३, श्रावण २८ गते

गण्डकी प्रदेश लोक सेवा आयोगको विज्ञापन ।

गण्डकी प्रदेश लोक सेवा आयोगको विज्ञापन ।

  • 3.6K
    SHARES

  • गण्डकी प्रदेश लोक सेवा आयोगको विज्ञापन ।

    कार्तिक, १५ गते काठमाडौ । गण्डकी प्रदेश लोक सेवा आयोगले प्रदेश र स्थानीय निजामती सेवाका अधिकृत सातौं र सहायक पाचौं तहको प्राविधिक र अप्राविधिक तर्फ विभिन्न पदहरुको पदपूर्तिको लागि ठुलो संख्यामा विज्ञापन खुलाएको छ ।

    लोक सेवा आयोग निजामती सेवा ऐन, २०७९ तथा स्थानीय सेवा (गठन तथा संचालन) ऐन, २०७९ बमोजिम प्रदेश निजामती सेवा तथा स्थानिय सेवाका विभिन्न समूह, उपसमुह र तहका पदको अन्तर तह र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि बिज्ञापन खुला गरिएको उल्लेख गरिएको छ।

    तोकिएको न्युनतम योग्यता पुगेका उमेदवारहरुले आयोगको अनलाइन दर्खास्त प्रणाली http://onlineppsc.gandaki.gov.np बाट मिति २०८० मंसिर ५ गतेसम्म नियमित र सोही १२ गते सम्म दोब्बर दस्तुर तिरी दर्खास्त दिनसकिने छ।

    प्रदेश निजामती सेवा र स्थानीय सेवाका अन्तर तह र खुला समावेशी प्रतियोगिताका परीक्षा एकीकृत रुपमा एकै पटक संचालन हुने र प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उमेदवारहरुको प्राथमिकताक्रम अनुसार नियुक्तिका लागि प्रदेश तथा स्थानिय तहका सम्बन्धित निकायमासिफारिस गरिने सुचनामा उल्लेख गरिएको छ ।

    हेर्नुस बिज्ञापन ।

    FB_IMG_1698799505085.jpgFB_IMG_1698799507289.jpgFB_IMG_1698799509255.jpgFB_IMG_1698799511106.jpgFB_IMG_1698799512882.jpgFB_IMG_1698799514500.jpgFB_IMG_1698799516199.jpg

     

    images
    बुधवार, कार्तिक १५ २०८००६:४६:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार