सोमवार, कार्तिक २० २०८०
कार्तिक, २० सिरहा । जिल्लाको गोलबजार नगरपालिका ३ स्थित सरस्वती मातीमाध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यपक संजिव कुमार साह आफ्नै विद्यालयमै झुण्डिएको अवस्थामा फेला परेका छन। विद्यालयमा प्रधानाध्यपक खोजी भएपनि धेरै समयसम्म फेला नपरेपछि खोज तलास गर्ने क्रममा आफ्नै विद्यालयकको तेस्रो तल्लामा नयाँ बन्दै गरेको सभाहलमा सलमा पासो लागाएर झुण्डिएको अवस्थामा भेटिएका हुन्।
स्रोतका अनुसार हिजो कार्तिक१९ गते आइतवार विहानै विद्यालय आएका प्रधानाध्यपक साह कार्यालय साहयोगीलाई मोवाईलको रिचार्जकार्ड किन्न पठाएर आफू भवनको माथि जान कैचि गेटको साँचो माँगेका थिए। रिचार्ज कार्ड किनेर आएपछि प्रअलाई खोजीगर्दा पनि नभेटेपछि कतै जानुभयोहोला भन्ने ठानेर खोजि नगरेको बताइएको छ।
केहीवेरमा कैचिगेटको भित्रबाट ताला लागेको देखेर अर्को साँचोले खोलेर माथि जाँदा पासोमा झुण्डिएको अवस्थामा फेला परेको त्यहि कार्यरत एक शिक्षकले बताए।
घटना थाहापाउन साथ प्रहरीलाई खवर गरेका थिए। प्रहरीले घटनाबारे जानकारी पाएको बताउँदै घटनास्थलतर्फ टोलि पठाएको जनाएको छ। सोही वडाका वडा अध्यक्ष धनप्रसाद लामाले पनि घटनाभएको भन्ने सुनेर आफू भर्खर विद्यालय आईपुगेको जनाए।