Oct 10 2026 | २०८३, आश्विन २४ गते

बर्नहार्टको उत्कृष्टता कायम, ४ जीपीएसहित समाइका श्रेष्ठले गरिन् त्रिवि टप

बर्नहार्टको उत्कृष्टता कायम, ४ जीपीएसहित समाइका श्रेष्ठले गरिन् त्रिवि टप

  • 6
    SHARES

  • बर्नहार्टको उत्कृष्टता कायम, ४ जीपीएसहित समाइका श्रेष्ठले गरिन् त्रिवि टप

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (TU) को व्यवस्थापन संकायअन्तर्गत Bachelor of Business Management (BBM) सातौँ सेमेस्टरको बोर्ड परीक्षामा काठमाडौंस्थित बर्नहार्ट कलेजकी छात्रा समाइका श्रेष्ठले पूर्णाङ्क ४.०० GPA प्राप्त गर्दै सर्वोत्कृष्ट स्थान हासिल गरेकी छन्।

    IMG-20261009-WA0002~2.jpg

    त्रिवि व्यवस्थापन संकाय, डीनको कार्यालयले २०८३ असोज २२ गते बिहीबार प्रकाशित गरेको नतिजाअनुसार श्रेष्ठले विश्वविद्यालयकै परीक्षामा सर्वोच्च स्थान हासिल गर्दै काठमाडौ बर्नहार्ट कलेजको शैक्षिक उत्कृष्टतालाई निरन्तरता दिएकी हुन्।

    श्रेष्ठको यस सफलतासँगै त्रिविको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने बर्नहार्ट कलेजको निरन्तरता कायम भएको छ। कलेजका अनुसार BBM सातौँ सेमेस्टरको परीक्षामा अन्य विद्यार्थीले पनि उत्कृष्ट प्रदर्शन गरेका छन्। ३.९० भन्दा बढी GPA प्राप्त गर्ने विद्यार्थीमध्ये अपु महर्जनले ३.९८, समिर डंगोलले ३.९१ र स्वीकृति गौतमले ३.९० GPA हासिल गरेका छन्। कलेजका सम्पूर्ण विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण भएको पनि कलेजले जनाएको छ।

    IMG-20261009-WA0008~2.jpg

    नेपाल सरकार, शिक्षा मन्त्रालयबाट निजी क्षेत्रतर्फ ‘उत्कृष्ट कलेज’ को उपाधि प्राप्त गरेको बर्नहार्ट विश्वविद्यालय अनुदान आयोग, नेपाल (University Grants Commission Nepal–UGC Nepal) बाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (Quality Assurance and Accreditation–QAA) प्राप्त गर्ने त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त निजी कलेजमध्ये पहिलो हो।

    कलेजले विद्यालय तहमा नर्सरीदेखि कक्षा १२ सम्म तथा उच्च शिक्षातर्फ स्नातक तहमा बीएस्सी सीएसआईटी (BSc. CSIT), बीसीए (BCA), बीबीएम (BBM), बीबीएस (BBS) र बीएएसडब्लू (BASW) तथा स्नातकोत्तर तहमा एमबीएस (MBS) कार्यक्रम सञ्चालन गर्दै आएको छ।

    गुणस्तरीय शिक्षण–सिकाइमा आधुनिक भौतिक पूर्वाधार, सुविधासम्पन्न कक्षाकोठा तथा प्रयोगशाला, पर्याप्त खेलमैदान र अनुभवी शिक्षक–शिक्षिकाको मार्गदर्शन बर्नहार्टका प्रमुख विशेषता हुन्। यिनै शैक्षिक गुणस्तर, निरन्तर मेहनत र समर्पित प्रयासको प्रतिफलस्वरूप विद्यार्थीले हासिल गर्दै आएका उत्कृष्ट नतिजाले कलेजको शैक्षिक प्रतिष्ठालाई थप उचाइमा पुर्‍याएको छ।

    समाइका श्रेष्ठसहित अन्य विद्यार्थीले हासिल गरेको यस उल्लेखनीय सफलताले बर्नहार्ट परिवार, अभिभावक तथा विद्यार्थीमा गर्व र उत्साह थपेको कलेजले जनाएको छ। आगामी दिनमा पनि शैक्षिक उत्कृष्टता, गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजालाई निरन्तरता दिँदै अझ राम्रो उपलब्धि हासिल गर्ने प्रतिबद्धताका साथ कलेज अघि बढिरहेको छ।

    images
    शनिवार, आश्विन २४ २०८३१०:०५:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार