Oct 02 2026 | २०८३, आश्विन १६ गते

कुलेश्वर आवास माध्यामिक बिद्यालयको ३३ औं बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

कुलेश्वर आवास माध्यामिक बिद्यालयको ३३ औं बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

  • 1.8K
    SHARES

  • कुलेश्वर आवास माध्यामिक बिद्यालयको ३३ औं बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

    मंसिर, १७ काठमाडौ । सार्वजनिक शैक्षिक गुठी अन्तर्गत संचालित कुलेश्वर आवास माध्यमिक बिद्यालयको ३३ औं बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ। मंसिर १६ शनिवार एक भव्य कार्यक्रमका बिच कार्यक्रम सम्पन्न भएको हो।

    20210222175059_IMG_8771.JPG

    २०४६ सालमा स्थापित कुलेश्वर आवास माध्यामिक बिद्यालय तत् समय देउसी भैलो लगाएत विभिन्न कार्यक्रमहरु आयोजना गरि ४९ जना विद्यार्थीहरुलाई लिएर सुरु भएको बिद्यालय ३३ बर्ष पुरा भई ३४ औ बर्ष लाग्दै गर्दा करिब १ हजार विद्यार्थी अध्ययन अध्यापन गरिएरहेका छन भने पुर्वाञ्चल बिश्वबिद्धालय अन्तर्गत स्नातक तहमा BIT कार्यक्रम समेत पठनपाठन गर्ने तयारी रहेको छ।

    20210222202809_IMG_8967.JPG

    ३३ औ बार्षिक उत्सव तथा अभिभावक भेला कार्यक्रममा कुलेश्वर आवासका अध्यक्ष तथा बिद्यालय ब्यबस्थापन समितिका सदस्य राजु दाहाल सभापति तथा बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तान प्रमुख अतिथिको रुपमा रहनुभयो । त्यस्तै नेपाल भारत बिकास मैत्रीका अध्यक्ष प्रेम लस्करी, बिद्यालय प्राचार्य मेघराज दुलाल, पुरातत्व बिभागका पुर्व महानिर्देशक तथा क्याम्पस संचालन समितिका अध्यक्ष भेषनारायण दाहाल, बिद्यालय निरिक्षक लक्ष्मी पौडेल, सह प्राचार्य तथा गुठियार सुरेस सुवेदी, गुठियार तथा कोर्डिनेटर गोपाल प्रसाद दुलाल, गुठियारहरु घनश्याम गौतम, गृहेन्द्र घिमिरे, मदन श्रेष्ठ, राम राज पन्त, उमा पौडेल, चिरन्जिवि खड्का, सन्तोष सिग्देल, समाजसेवी देवेन्द्र प्रधान, पवन अग्रवाल, धर्मेन्द्र कुमार झा लगाएत शिक्षक, कर्मचारी तथा अभिभावकहरुको बिशेष उपस्थितिमा सम्पन्न भयो। उक्त कार्यक्रम बिद्यालयका कोर्डिनेटर तथा साहयक क्याम्पस प्रमुख प्रकाश भण्डारीले संचालन गर्नुभयो।

    20210222180548_IMG_8783.JPG

    20210222180849_IMG_8789.JPG

    उक्त कार्यक्रममा कक्षा १० का विद्यार्थी हरि भट्टराई र सह प्राचार्य सुरेश सुवेदीले स्वागत मन्तव्य दिनुभयो। साथै अभिभावकको तर्फ बाट गुठियार सन्तोस सिग्देलले मन्तव्य दिनुभयो। उहाँले ठुल्ठुला बिद्यालयहरुको बिचमा नमुना बिद्यालयको रुपमा स्थापित कुलेश्वर आवास मावी शिक्षण सिकाइमा उत्कृष्ट रहेको बताउनुभयो। एउटा कुमालेले माटोको भाडा बनाउदा गरेको मिहेनत जस्तै शिक्षकहरुले विद्यार्थीहरुको लागि गरेका भन्दै त्यसप्रती गर्व गर्नुपर्ने धारणा उहाँले राख्नुभयो।

     

    20210222182416_IMG_8848.JPG

    त्यसैगरी मन्तव्यकै क्रममा पुरातत्व बिभागका पुर्व महानिर्देशक तथा क्याम्पस संचालन समितिका अध्यक्ष भेषनारायण दाहालले स्थापना गर्दाको अवस्था सम्झिदै देउसी भैलो लगाएत अनेक कार्यक्रम गरेर ५९ जना विद्यार्थीहरुबाट पठनपाठन सुरु गरेको बिद्यालय आज गुणस्तरीय शिक्षा दिने शैक्षिक केन्द्र बनेको धारणा ब्यक्त गर्नुभयो। साथै बिद्यालयलयमा बालबालिकाले कुनै समस्या भोग्नु परेमा तुरुन्तै प्रशासनमा गुनासो गरे समाधान गर्ने उहाँले प्रतिबद्धता दिनुभयो।

    20210222183203_IMG_8857.JPG

    मन्तव्यकै क्रममा बिद्यालयका प्राचार्य मेघराज दुलालले २०४६ मा स्थापित भएको बिद्यालय र हाल सार्वजनिक शैक्षिक गुठिमा रहेको यस बिद्यालयमा हाल ९४५ जना विद्यार्थी पठनपाठन गरिरहेको र १ सय भन्दा बढी शिक्षक कर्मचारीहरु रहेको बताउनुभयो। उहाँले बिद्यालयले हिजो भन्दा आज गुणस्तर र टेक्नोलोजीमा ध्यान दिइरहेको भन्दै स्नातक तहमा समेत विभिन्न कार्यक्रमहरु संचालन गर्ने तयारी रहेको बताउनुभयो।

    20210222191502_IMG_8938.JPG

    एक अर्को प्रसंगमा प्राचार्य दुलालले बिद्यालयमा भवनको अभाव रहेको भन्दै बागमती प्रदेश सरकारको मन्त्री कुमारी मोक्तानलाई विद्यार्थी र अभिभावकहरुकै अगाडि ४ कोठे भवनको लागि प्रपोजल पेश गर्नुभयो। न्यून आर्थिक अवस्था भएका विद्यार्थीहरु अध्ययन गर्ने भएकोले बागमती प्रदेशले सहयोग गर्नुपर्छ उहाँले भन्नुभयो।बुढानिलकण्ठ मोडेलमा संचालित तथा सार्वजनिक शैक्षिक गुठीमा रहेको यस बिद्यालयमा विद्यार्थीहरुबाट अत्यन्तै कम शुल्क लिएर उत्कृष्ट शिक्षा दिइरहेको समेत बताउनुभयो ।

    20210222192139_IMG_8939.JPG

    मन्तव्यको क्रममा प्रमुख अतिथि तथा बागमती प्रदेश सरकारको सामाजिक बिकास मन्त्री कुमारी मोक्तान तामाङ्ले सार्वजनिक शैक्षिक गुठी अन्तर्गतको यो बिद्यालयलाई प्रदेश सरकार लगानी गर्न तयार रहेको धारणा ब्यक्त गर्नुभयो। उहाँले राज्यले लगानी गर्नुपर्ने धेरैठाउ भएपनी आजको अवस्थामा बिद्यालय शिक्षा र पुर्वाधार बिकासमा बढी केन्द्रित रहनुपर्ने बताउनुभयो। अभिभावक , शिक्षक र विद्यार्थीहरुको संयोजन मिल्यो भने शैक्षिक गुणस्तर बढ्न सक्छ भन्दै आजको दिनमा शिक्षा किन्नुपर्ने अवस्था रहनु बिडम्बना भएको बताउनुभयो। सार्वजनिक तथा सामुदायिक बिद्यालयप्रती मानिसको बिस्वास कम रहेकोमा यसलाई बदल्न जरुरी रहेकोले सामुदायिक बिद्यालयहरुको स्तर उन्नती गर्नुपर्नेमा जोड दिनुभयो।

    20210222192453_IMG_8944.JPG

    एक अर्को प्रसंगमा मन्त्री मोक्तानले अहिलेको अवस्थामा बिस्तारै सामुदायिक र सार्वजनिक शैक्षिक गुठी अन्तर्गत चलेका बिद्यालयहरु पनि असाध्यै आसालाग्दा बनेका छन। हिजो अंग्रेजीलाई मात्रै गुणस्तर भन्ने गरिन्थ्यो अहिले त्यो अवस्था छैन। हिजो तेस्तो स्कुलमा बालबालिका पढाउने गरिन्थ्यो तर अहिले अंग्रेजी मात्रै गुणस्तर होइन भन्ने भावना जागृत हुदै गरेको भन्दै राज्यले आवस्यक पुर्वाधार र गुणस्तरमा ध्यान दिए भविस्य राम्रो रहेको बताउनुभयो।

    20210222194847_IMG_8946.JPG

    त्यसैगरी कक्षा १२ पछि विद्यार्थीहरु नेपाल नबस्ने बाताबरण छ त्यसको कारण नेपालमा पढ्ने बातावरण नभएर पनि हो। ११ र १२ पढाउदा पढाउदै पनि त्यहाबाट जाँदा केही गर्न सक्ने सीप सिकाउनुपर्ने हो त्यो हामी संग छैन। त्यो किसिमको शिक्षादिन जरुरी छ। त्यसको लागि बागमती प्रदेश सरकार तयार छ र त्यसैले बागमती प्रदेशले सार्वजनिक बिश्वबिद्धालयको अबधारणा र प्रक्रिया अगाडि बढिसकेको समेत बताउनुभयो।

    20210222190648_IMG_8922.JPG

    नर्सिङ पढाइको बिषयमा उहाँले चिकित्सा शिक्षा आयोगले लगाएको सिन्डिकेट तोडिनुपर्छ भनेर बागमती प्रदेश सरकारले भनेको र त्यस किसिमको नीति छिइट्टै बन्ने भन्दै आगामी दिनमा हाम्रो विद्यार्थी भारतको बोर्डरमा गएर पढ्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभयो। साथै उहाँले स्टाफ नर्समा लगाएको बोन्ड्री प्रदेश सरकारले तोड्ने समेत बताउनुभयो।

    20210222185545_IMG_8901.JPG

    मन्त्री मोक्तानले बिद्यालयहरुलाइ हामिले अनुदान दिने गरेका छौ। माध्यामिक तहको स्कुलमा स्टाफ नर्स अनिवार्य हुनुपर्ने नीति अगाडि बढाएका छौ र त्यो लागू भएको छ। टाढाबाट आउनुपर्ने तर नभ्याउने विद्यार्थीहरुको लागि त्यस्तो ठाउमा स्कुल बस बितरण गर्दैछौ। बिस्तारै त्यो अगाडि बढिरहेको छ। भन्दै कुलेश्वर आवासको प्राचार्य सरले दिनुभएको दुइटा योजनामा सपोर्ट गर्ने प्रतिबद्धता ब्यक्तगर्नुभयो। उहाँले बिद्यालय पुर्वप्राथमिक तह बाटै ब्यबस्थित गर्दै जानुपर्ने भन्दै हाल प्रदेश सरकारले दुई कोठे भवनमा पूरा लगानी गर्नेगरेको र यदि २०८१/८२ मा ४ कोठो भवनको बारे छलफल भयोभने भवनको लागि सपोर्ट गर्ने बताउनुभयो । नत्र दुई कोठे भवनको लागि भने प्रदेश सरकार तयार नै छ, उहाँले बताउनुभयो।

    20210222190546_IMG_8918.JPG

    अन्त्यमा कार्यक्रमका सभापति राजु दाहालले कुलेश्वर अवास बिद्यालयले गरेको प्रगतिको प्रशंसा गर्नुभयो। उहाँले अभिभावकलाई इङ्कित गर्दै आफ्नो बच्चाहरुको प्रतिभा आफै हेर्न सक्नुहुन्छ कुनै समस्या भए स्कुलमा गुनासो गर्न सक्नुहुन्छ भन्दै अभिभावकले हरेक महिनामा कक्षा शिक्षक संग आफ्नो बालबालिकाको रिपोर्ट लिनुपर्ने धारणा ब्यक्त गर्नुभयो।

    20210222195036_IMG_8952.JPG

    कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार तथा उत्कृष्ट अभिभावकहरुलाई सम्मान समेत गरेको थियो। उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न संस्कृति झल्काउने गरि नृत्य, गायन, नाटकहरु प्रस्तुत गरेका थिए भने आफ्नो बालबालिकाहरुको प्रतिभा देखेर अभिभावकहरु खुसी देखिएका थिए। कुलेश्वर आवास माध्यामिक बिद्यालय गत १४ बर्षदेखि नमुना बिद्यालयको रुपमा संचालन भैरहेकोछ।

    20210222202224_IMG_8956.JPG20210222202243_IMG_8957.JPG20210222202325_IMG_8958.JPG20210222204026_IMG_8988.JPG20210222210506_IMG_9029.JPG20210222211114_IMG_9033.JPG20210222211521_IMG_9041.JPG20210222212101_IMG_9053.JPG20210222212542_IMG_9061.JPG20210222213001_IMG_9067.JPG20210222213105_IMG_9073.JPG20210222213625_IMG_9085.JPG20210222220805_IMG_9150.JPG20210222220805_IMG_9150.JPG20210222213833_IMG_9093.JPG20210222221438_IMG_9161.JPG20210222222213_IMG_9176.JPG20210222224153_IMG_9203.JPG20210222230043_IMG_9227.JPG20210222230251_IMG_9228.JPG20210222230618_IMG_9240.JPG20210222231309_IMG_9251.JPG20210222233948_IMG_9263.JPG20210222234433_IMG_9268.JPG20210223001105_IMG_9280.JPG20210223002239_IMG_9295.JPG

    images
    आइतवार, मंसिर १७ २०८००८:५५:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार