Oct 02 2026 | २०८३, आश्विन १६ गते

अनुदानमा स्कुल बसका लागि प्रस्ताव माग

अनुदानमा स्कुल बसका लागि प्रस्ताव माग

  • 772
    SHARES

  • अनुदानमा स्कुल बसका लागि प्रस्ताव माग

    पुस, १६ काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय समायोजन गरी कायम भएका ठूला विद्यालयलाई स्कुल बस व्यवस्थापन गर्न अनुदानका लागि प्रस्ताव माग गरेको छ । केन्द्रले आर्थिक वर्ष २०८०/०८१ का लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको स्वीकृत वार्षिक कार्यक्रम बमोजिम विद्यालय समायोजन गरी कायम भएका ठूला विद्यालयलाई स्कुल बस व्यवस्थापनका लागि अनुदान उपलब्ध गराउने कार्यक्रम भएकाले प्रस्ताव प्रस्ताव माग गरेको हो ।

    आधार पुगेका इच्छुक विद्यालयहरूले स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइको सिफारिस सहित यही पुस मसान्तभित्र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा आइपुग्नेगरी प्रस्ताव पेस गर्नुपर्ने छ।

    त्यस्तै गत आर्थिक वर्ष बस व्यवस्थापन अनुदानका लागि केन्द्रमा प्राप्त प्रस्तावहरू यथावत राखिएको हुनाले ती विद्यालयहरूले पुनः प्रस्ताव पेस गर्नुनपर्ने तर पेस गरेका विवरणहरू (विद्यार्थी सङ्ख्या, समायोजन भएका विद्यालय सङ्ख्या कक्षा ११ र १२ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान विषय अध्यापन भएको मोटरवाटोको अवस्था) मा कुनै संशोधन भएमा तोकिएको समयसीमाभित्रै अद्यावधिक गर्नुहुन समेत केन्द्रले आग्रह गरेको छ ।

    प्रस्ताव पेश गर्ने आधारहरू सुचनामा हेर्नुस!

    FB_IMG_1704072502765.jpg

    images
    सोमवार, पौष १६ २०८००७:४३:१२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार