Oct 02 2026 | २०८३, आश्विन १६ गते

विश्वविद्यालयमा राजनीतिक भागबन्डा नहोस् : नेविसंघ (मागपत्र सहित)

विश्वविद्यालयमा राजनीतिक भागबन्डा नहोस् : नेविसंघ (मागपत्र सहित)

  • 566
    SHARES

  • विश्वविद्यालयमा राजनीतिक भागबन्डा नहोस् : नेविसंघ (मागपत्र सहित)

    पुस, १८ गते काठमाडौ । नेपाल विद्यार्थी संघको एक प्रतिनिधि मण्डलले बिश्वबिद्धालयमा राजनीतिक भागबन्डा गर्न नहुने भन्दै मागपत्र बुझाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईसँग आज भेटघाट गर्दै नेविसंघले त्रिभुवन विश्वविद्यालयमा राजनीतिक भागबन्डा नगरि खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति गर्न माग गरेको हो।

    नेपालको शिक्षा प्रणालीको सुधार बिकास र आमूल रुपान्तरणको लागी विश्वविद्यालयहरूमा भइरहेको राजनीतिकरण तथा दलीय भागबन्डाको अन्त्यका लागि खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति गर्न शिक्षा मन्त्री राईलाई ध्यानाकर्षण गरिएको बताइएको छ।

    मागपत्रमा विश्वविद्यालयहरूमा भइरहेको लापरबाही, अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न पनि माग गरिएको छ। बिश्वबिद्धालयहरुमा सबै संकायको पाठ्यक्रम अन्तरास्ट्रिय मापदण्ड  समयानुकूल परिमार्जन गर्न बिज्ञ सम्मिलित सधिकार सम्पन्न पाठ्यक्रम परिमार्जन समिती निर्माण गर्न जोड दिएको छ।

    शिक्षालाई सीप संग, सिपलाई रोजगार संग, रोजगारलाई आयआर्जन र उत्पादन संग जोड्ने  राष्ट्रिय शिक्षानिती बनाउनुपर्ने मागपत्रमा उल्लेल्ह गरेको छ । साथै उनीहरूले संघीय शिक्षा विधेयक संसदबाट छिटो पास गर्न पनि ध्यानाकर्षण गरेका छन्।

    मगपत्र 

    Screenshot_20240103-142935_Facebook.jpgScreenshot_20240103-142949_Facebook.jpg

    images
    बुधवार, पौष १८ २०८००७:२४:३७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार