बुधवार, पौष १८ २०८०
पुस, १८ गते काठमाडौँ- विद्यालय शिक्षा विधेयकमा शिक्षक महासंघले राखेकाे ६१ बुँदे संशोधन प्रस्ताव राखेको छ। बुधबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समिति र नेपाल शिक्षक महासघबीच भएको छलफलमा महासंघले ६१ बुदे संशोधन प्रस्ताव राखेको हो।
समितिले महासघ तथा आवद्ध घटक संस्थासँग सुझाव लिन थालेको छ। बैठकमा महासङ्घका अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदीलगायतले यही असोज ५ गते नेपाल शिक्षक महासङ्घ र असोज १२ गते राहत शिक्षक केन्द्रीय समिति समेतसँग भएका सहमतिका बुँदालाई समावेश गर्ने तथा छुटेका थप विषयलाई विशेष ध्यान दिन आग्रह गरे।
उनीहरुले स्थानीय तहबाट शिक्षक नियुक्तिको प्रस्ताव हटाउनेलगायत ६१ बुँदे थप माग प्रस्तुत गर्दै शिक्षकको ट्रेड युनियन अधिकारको रक्षाका साथै राजनीतिक आस्थाका आधारमा विभेद गर्न नहुनेमा जोड दिए। समितिका सभापति भानुभक्त जोशीले शिक्षक र विद्यालय कर्मचारीका अन्य संस्थासँग थप सुझाव लिने क्रम आगामी बैठकमा जारी रहने जानकारी दिए।












