Aug 13 2026 | २०८३, श्रावण २८ गते

भरतपुर महानगर र कालिका नगरपालिकाका सामुदायिक विद्यालयमा समावेशी शिक्षा संचालन।

भरतपुर महानगर र कालिका नगरपालिकाका सामुदायिक विद्यालयमा समावेशी शिक्षा संचालन।

  • 527
    SHARES

  • भरतपुर महानगर र कालिका नगरपालिकाका सामुदायिक विद्यालयमा समावेशी शिक्षा संचालन।

    पुस, १९ चितवन । चितवनको भरतपुर महानगरपालिका र कालिका नगरपालिकाका सामुदायिक बिद्यालयहरुमा समावेशी शिक्षा परियोजना सञ्चालन गरिएको छ । ‘अटिजम’ भएका विद्यार्थीलाई लक्ष्य गर्दै दुइटा पालिकामा रहेका एक सय ४७ वटा सामुदायिक विद्यालयमा यो परियोजना सञ्चालन गरिएको हो ।

    उक्त परियोजनाले बुधबार आयोजना गरेको सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा ती पालिकामा सातवटा स्रोत केन्द्र र तीनवटा विशेष विद्यालय सञ्चालनमा ल्याइएको जनाइएको छ । परियोजना सञ्चालनमा आएसँगै दुई पालिकाका ३९ ‘अटिजम’ भएका बालबालिकालाई फिजियोथेरापी, एक सय ३७ बालिबालिकालाई घरमा आधारित शिक्षा सञ्चालन गरिएको छ ।

    परियोजनाले गाउँघरका ‘अटिजम’ भएर विद्यालय जान नसक्ने विद्यार्थीलाई विद्यालयसम्म ल्याउने काम गर्नाका साथै एक सय ४३ बालबालिकालाई सहायक सामग्री वितरण गरेको छ । चौतीस जटिल प्रकृतिका अपाङ्गता भएका बालबालिकालाई दैनिक क्रियाकलापमा सहज हुने सामग्री प्रदान गरिएको छ ।

    सन् २०२२ देखि यस्तो काम गर्दै आएको सो परियोजनाले यो समयमा जिल्लाका एक हजार ७०५ जना अभिभावकसँग सम्पर्क गरेको अवसरमा जानकारी दिइयो ।

    परियोजना संयोजक सुमन पौडेलका अनुसार सबै बिद्यालयसँगको समन्वयमा परियोजनाले काम गर्दै आएको छ । समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम एक हजार एक सय १८ जनालाई प्रदान गरिएको र १७ अपाङ्गता भएका बालबालिकालाई सामाजिक सुरक्षा सेवामा पहुँच विस्तार गरिएको उनले जानकारी दिए ।

    घरमा आधारित शिक्षा पाइरहेकामध्ये ३१ बालबालिकालाई विद्यालयमा भर्ना गरिएको राष्ट्रिय बहिरा महासङ्घ नेपालकी परियोजना संयोजक शर्मिला तामाङले जानकारी दिइन् । अहिले पनि समाजमा ‘अटिजम’ भएका बालबालिकालाई हेर्ने दृष्टिकोणमा फरक आउन सकेको छैन । जसका कारणले उनीहरूको परिवारसमेत समस्यामा परेको उनले बताइन् । रासस

     

    images
    बिहिवार, पौष १९ २०८००३:२१:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार