Aug 13 2026 | २०८३, श्रावण २८ गते

शिक्षकको व्यवस्था गर्न मदरसा, गुम्बा, बिहार र मुन्धन शिक्षाका प्रतिनिधिको माग।

शिक्षकको व्यवस्था गर्न मदरसा, गुम्बा, बिहार र मुन्धन शिक्षाका प्रतिनिधिको माग।

  • 472
    SHARES

  • शिक्षकको व्यवस्था गर्न मदरसा, गुम्बा, बिहार र मुन्धन शिक्षाका प्रतिनिधिको माग।

    पुस, २३ काठमाडौ । बिद्यालय शिक्षा बिधेयक २०८० माथिको छलफलका क्रममा मदरसा, गुम्बा, विहार, मुन्धुम र विशेष शिक्षासँग सम्बन्धित संस्थाका प्रतिनिधिले आफूहरूका लागि शिक्षक दरबन्दी र मातृभाषा शिक्षकको व्यवस्था गर्न माग गरेका छन।

    विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिसंग दफावर छलफलका क्रममा प्रतिनिधिहरुले यस्तो माग गरेका हुन।

    बैठकमा विशेष शिक्षा परिषद्का शिक्षक प्रतिनिधि अनिल अम्गाइले हाल विशेष कक्षा सञ्चालनमा संलग्न १७२ शिक्षक र १०८ विद्यालय कर्मचारीलाई एकपटकका लागि आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने व्यवस्था गर्न माग गरेका छन्। त्यस्तै मुन्धुम शिक्षाका अभियन्ता अमर लिम्बूले शिक्षा विधेयकमा मातृभाषा शिक्षकको व्यवस्था गर्न सुझाव दिए।

    मदरसा शिक्षाका प्रतिनिधि मोहम्द मिजामुद्दिनले मदरसामा मुस्लिम समुदायकै प्रधानाध्यापकको व्यवस्था हुने प्रावधान विधेयकमा गरिनुपर्नेमा जोड दिए। भने नेपाल बौद्ध महासङ्घका प्रतिनिधि कमल भण्डारीले परम्परागत शिक्षालाई व्यवस्थापन गर्न बेग्लै बोर्ड गठनको व्यवस्था विधेयकमा राख्न सुझाव दिए ।

    समितिले यसअघि स्थानीय तहका जनप्रतिनिधिका महासङ्घ, नेपाल शिक्षक महासङ्घ, निजी विद्यालय सञ्चालकका संस्था, अस्थायी शिक्षक र विद्यालय कर्मचारीलगायत क्षेत्रसँग छलफल गरिसकेको छ ।

     

    images
    सोमवार, पौष २३ २०८००७:२५:०४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार