Aug 13 2026 | २०८३, श्रावण २८ गते

सामुदायिक विद्यालय समायोजन गर्न कञ्चनपुरका स्थानिय तहले थाले प्रक्रिया।

सामुदायिक विद्यालय समायोजन गर्न कञ्चनपुरका स्थानिय तहले थाले प्रक्रिया।

  • 455
    SHARES

  • सामुदायिक विद्यालय समायोजन गर्न कञ्चनपुरका स्थानिय तहले थाले प्रक्रिया।

    पुस, २५ महेन्द्रनगर- कञ्चनपुरका स्थानीय तहले विद्यालय समायोजन र व्यवस्थापनका लागि प्रक्रिया अघि बढाएका छन्।  जिल्लाका ९ वटै पालिकामा ५७ सामुदायिक विद्यालय रहेकोमा भीमदत्त नगरपालिकाले विद्यालयको स्थलगत अनुगमन गरी तयार गरिने प्रतिवेदनका आधारमा व्यवस्थापन गर्ने जनाएको छ।

    सामुदायिक विद्यालयको अनुगमन जारी रहेको र ‘४० विद्यालयको समग्र अवस्थाबारे स्थलगत अनुगमन भइसकेको भीमदत्त नगरपालिका शिक्षा शाखाका प्रमुख कलावती मिश्रले बताइन्।, उनले भनिन्, ‘सो क्रममा विद्यार्थीको संख्या, विद्यालयको अवस्था र विद्यालयबीचको दूरीलगायतका विषय बुझ्ने गरिएको छ।’ तत्पश्चात बन्ने प्रतिवेदनपछि मात्रै विद्यालय समायोजनदेखि व्यवस्थापनका विषय अघि बढ्ने जानकारी दिइन्।

    त्यस्तै शुक्लाफाँटा नगरपालिकाले गत वर्ष नै विद्यालय समायोजन गर्ने लक्ष्यसहित सामुदायिक विद्यालय अनुगमन गरिसकेको भएपनि शैक्षिकसत्र सुरु भइसकेकाले समायोजनको निर्णय हुन नसकेको शिक्षा शाखाका प्रमुख सुरेशप्रसाद भट्टले बताए। शुक्लाफाँटामा रहेका ३२ वटा सामुदायिक विद्यालयमध्ये ३ देखि ४ वटासम्म समायोजन हुने अवस्था छ, उनले भने, ‘त्यसका लागि पालिकामा कार्यदलसमेत बनिसकेको र यो वर्ष पालिकामा विद्यालय समायोजन भइसक्ने बताए।

    त्यसैगरी कञ्चनपुरको दोधारा चादँनी नगरपालिकाले सामुदायिक विद्यालयमा समायोजन गरिसकेको शिक्षा शाखाका प्रमुख हरिदत्त जोशीले बताए। त्यहाँ एउटा सामुदायिक विद्यालय समायोजन गरिएको हो। हाल ‘दोधारा चादँनीमा २३ वटा सामुदायिक विद्यालयबाट समायोजन गरेर २२ रहेका र दरबन्दी मिलान समेत भइसकेको छ। 

    त्यस्तै बेल्डाँडी गाउँपालिकाले पनि समायोजन कार्य अघि बढाउन सामाजिक विकास समितिका संयोजकको संयोजकत्वमा १२ सदस्यीय कार्यदल बनाएको छ। 'कार्यदलले यहाँ रहेका १४ वटै विद्यालय अनुगमन गरी प्रतिवेदन बनाएर पालिकाका अध्यक्षलाई बुझाएको छ’, बेल्डाँडी गाउँपालिका शिक्षा शाखाका प्रमुख भानुभक्त जोशीले भने, ‘अध्यक्ष र कार्यपालिकाबाट निर्णय हुन बाँकी छ।

    शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयका प्रमुख दीपक कलौनीले कञ्चनपुरमा बेदकोट र दोधारा चादँनी नगरपालिकामा एक–एक विद्यालय समायोजन भएको जानकारी दिए। कञ्चनपुरमा कुल दुई सय ५९ सामुदायिक विद्यालय सञ्चालित छन्।

     

    images
    बुधवार, पौष २५ २०८००९:२०:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार