Aug 13 2026 | २०८३, श्रावण २८ गते

एनप्याब्सन काठमाडौँको आयोजनामा खेल शिक्षकहरुलाई १५ दिने तालिम ।

एनप्याब्सन काठमाडौँको आयोजनामा खेल शिक्षकहरुलाई १५ दिने तालिम ।

  • 1.3K
    SHARES

  • एनप्याब्सन काठमाडौँको आयोजनामा खेल शिक्षकहरुलाई १५ दिने तालिम ।

    पुस, २५ काठमाडौ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएन (एनप्याब्सन) काठमाडौँ जिल्लाको आयोजनामा खेल शिक्षकहरुलाई १५ दिने तालिम सुरु भएको छ। नेशनल प्याब्सन काठमाडौले राष्ट्रिय खेलकुद परिषदसँग सहकार्य गरेर तालिम संचालन गरेको हो ।

    FB_IMG_1704897007709.jpg

    तालिमको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव एवं कार्यक्रमका प्रमुख अथिति टंकलाल घिसिङले गर्नुभयो।

    उद्घाटन कार्यक्रममा खेलकुदलाई विद्यालय स्तरसम्म विकास गर्नको लागि तालिमको आयोजना गरिएको नेशनल प्याब्सन काठमाडौँका अध्यक्ष अमृतकुमार खड्काले बताउनुभयो । तालिममा सैद्धान्तिक र प्रयोगात्मक दुवै विधाका कुराहरु खेल शिक्षकहरुलाई प्रशिक्षण उहाँले बताउनुभयो ।

    IMG-df1b73b17c14f39c03f234f3b933967a-V.jpg

    विद्यालय स्तरदेखि ओलम्पिक सम्म जानको लागि खेल शिक्षकको महत्वपूर्ण भुमिका हुने भन्दै नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान)को वार्षिक कार्यक्रम अनुसार नेशनल प्याब्सन सँगको सहकार्यमा तालिम संचालन गरिएको सानका निर्देशक कृष्ण तिमिल्सिनाले बताउनुभयो ।

    तामिल माघ १० गते सम्म संचालन हुने छ । तालिममा विभिन्न स्कुलका खेल शिक्षकहरुको सहभागिता रहेकाे छ ।

     

    images
    बुधवार, पौष २५ २०८००८:१०:२२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार