Aug 14 2026 | २०८३, श्रावण २९ गते

केन्द्रद्वारा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालयसँग प्रस्ताव माग

केन्द्रद्वारा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालयसँग प्रस्ताव माग

  • 539
    SHARES

  • केन्द्रद्वारा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालयसँग प्रस्ताव माग

    पुस, ९ गते काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कार्यक्रम प्रस्ताव माग गरेको छ ।

    केन्द्रले एक सूचना जारीगर्दै चालू आर्थिक बर्ष २०८०/०८१ का लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत कार्यक्रममा सहभागी हुन इच्छुक सार्वजनिक विद्यालयहरूसँग तोकिएको ढाँचाको प्रस्ताव मिति यही माघ २९ गतेभित्र सम्बन्धित स्थानीय तहमा पेस गर्नुपर्ने उल्लेख गरेको छ।

    केन्द्रले विद्यालय भौतिक पूर्वाधार विकास कार्यक्रम ( ४ कोठे विद्यालय भवन), विद्यालयमा सूचना प्रविधि प्रयोगशाला, विज्ञान प्रयोगशाला तथा पुस्तकालय स्थापनाका लागि अनुदान, प्राविधिक धारका शिक्षाको पहुँच नपुगेका स्थानीय तहका लागि प्राविधिक धारका विद्यालय विस्तार सहित प्रस्तावका लागि प्राथमिकताका क्षेत्रहरु तोकेको छ ।

    यस सम्बन्धी विस्तृत विवरण https://www.cehrd.gov.np/ बाट हेर्न सकिन्छ ।

    FB_IMG_1705972935827.jpg

    images
    मंगलवार, माघ ९ २०८००७:३७:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार