शुक्रवार, माघ १९ २०८०
माघ, १९ गते काठमाडौ । काठमाडौ कलेज अफ सेन्ट्रल स्टेट (Kathmandu College of Central State) को स्पोर्ट्स मिट प्रारम्भ भएको छ। आज बुधबार कलेज प्राङ्गणमामा बिशेष मार्चपास सहित स्पोर्ट्स मिट- २०८० उद्घाटन गरेको हो।

खेलको उद्घाटन समारोहमा सभापति प्राचार्य मनोज थापा, प्रमुख अतिथी केबि उप्रेती (राष्ट्रिय सहकारी बैंकका अध्यक्ष), शिक्षा समन्व इकाइ प्रमुख बिचारी प्रसाद अधिकारी, एनप्याब काठमाडौ जिल्ला अध्यक्ष अमृत कुमार खड्का, काठमाडौ महानगरपालिका वडा १३ का वडा सदस्य रामबाबु कोइराला, एकेडेमी डाइरेक्टर टंक गैरे, स्कुल भाइस प्रिन्सिपल राजकुमार श्रेष्ठ, प्रशासन प्रमुख सिताराम नेपाल, +२ कोर्डिनेटर राजन श्रेष्ठ BBS/BASW कोर्डिनेटर नवीन दुवाडि लगाएत शिक्षक, कर्मचारीहरुको उपस्थिती रहेको थियो।

खेल उद्घाटन समारोहमा सभापती तथाकलेजका प्राचार्य मनोज थापाले स्वागत मन्तव्य दिनुभयो । उहाँले स्कुल तथा कलेजका खेलले शारीरिक, बौद्धिक, मानशिक बिकासका साथै संस्कार सिकाउने भएकोले बिद्यालयमा खेलको महत्त्व रहेको बताउनुभयो। बिद्यालय भनेको निर्वाद रुपमा खेल्ने थलो हो, उहाँले भन्नुभयो हार जित भन्दापनी स्वास्थ्यको लागि खेलकुद अति आवश्यक छ। साथै विद्यार्थीहरु बिच हुने स्वस्थ प्रतिस्पर्धा प्रतिस्पर्धाले खेल अनुशासन कायम गर्छ उहाँले बताउनुभयो।

कार्यक्रममा बोल्दै शिक्षा समन्व इकाइ प्रमुख बिचारी प्रसाद अधिकारी खेलकुदको माध्यमबाट विद्यार्थीहरुको शारीरिक, मानसिक र बौद्धिक बिकासमा महत्वपुर्ण योगदान पुर्याउने भएकोले विद्यार्थीहरुले खेलको नियम पालाना गर्दै अनुशासित भएर खेल्न सुझाव दिनुभयो ।

कार्यक्रममा नेशनल प्याब्सन काठमाडौ जिल्ला अध्यक्ष अमृतकुमार खड्काले शुभकामना मन्तव्य दिनुभयो । उहाँले खेलले असल नागरिक उत्पादन गर्न महत्वपूर्ण भुमिका खेल्ने भन्दै खेलकुदले विद्यार्थीहरुलाई समाजसंग जोड्ने पुलको काम गर्ने बताउनुभयो । विद्यार्थीहरुले सुसंस्कृत र अनुशासन पुर्वक अगाडि बढाउने बिश्वास लिएको छु भन्दै अध्यक्ष खड्काले खेल अनुशासन कायम गरि खेल्न शुभकामना दिनुभयो।

उक्त कार्यक्रममा बोल्दै एकेडमी डाइरेक्टर टंक गैरेले बालबालिकाको सिकाइका लागि खेल सबैभन्दा प्रभावकारी विधि भएकोले खेलका माध्यमबाट विद्यार्थीको शारीरिक तथा मानसिक बिकास तीब्र हुने बताउनुभयो।

उद्घाटन कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक गायन, नृत्य तथा कराते खेल प्रदर्शन गरेका थिए। खेलकुद सप्ताहको उद्घाटनमा प्रमुख अतिथिले विद्यार्थीहरुलाइ बास्केटबल हस्तान्तरण गरेर शुरु भयो। मिटमा बास्केटबल, म्याराथन, ब्याडमिन्टन, डोरि तन्ने, क्रीकेट, भलिबल, चेस, कबर्ड्डी, फूटसल, लमजङ, हाइजम्प, लगाएत २८ भन्दा बढी खेल खेलाइने छ।
















