Oct 02 2026 | २०८३, आश्विन १६ गते

अन्तर -बिद्यालय लोक नृत्य प्रतियोगिता आयोजना ।

अन्तर -बिद्यालय लोक नृत्य प्रतियोगिता आयोजना ।

  • 2.4K
    SHARES

  • अन्तर -बिद्यालय लोक नृत्य प्रतियोगिता आयोजना ।

    माघ, २० गते काठमाडौ । स्कुल एसोसिएसन अफ नेपाल (School Association of Nepal - (SAN) ले अन्तर-बिद्यालय साँस्कृतिक लोक नृत्य प्रतियोगिता आयोजना गरेको छ। शनिवार एक भब्य कार्यक्रमको आयोजना गर्दै SAN ले काठमाडौको ठुलोभर्‍याङमा अवस्थित लिटिल क्लाइम्बर्स स्कुलमा अन्तर-बिद्यालय लेक नृत्य प्रतियोगिता आयोजना गरेको हो।

    20210426205506_IMG_2520.JPG

    प्रतियोगितामा SAN संग आबद्ध १५ बिद्यालय सदस्य मध्य १० वटा बिद्यालय सहभागी भएका थिए । उक्त प्रतियोगितामा द सनसाइन (The Sunshine) स्कुल प्रथम, एनसिइबी (NCEB) स्कुल द्वितीय, एडियु समिट (EDU SUMMIT) स्कुल तृतीय र ग्लोबल भिलेज स्कुलले चौथो स्थान हासिल गरेका थिए। उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो स्थान हासिल गर्ने स्कुललाई ट्रफी, मेडल र प्रमाणपत्र बितरण गरिएको थियो भने सहभागी स्कुलहरुलाइ ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको थियो।

    20210426204448_IMG_2462.JPG

    प्रतियोगितामा SAN का अध्यक्ष दिलिप रेग्मी सभापति र काठमाडौ क्षेत्र नम्बर ७ का प्रतिनिधि सभा सदस्य गणेश पराजुली प्रमुख अतिथि रहनुभयो। साथै SAN का उपाध्यक्ष प्रकाश मरासिनी, सचिव बाबुराम गौतम, सहसचिव रोशन घिमिरे, सान मेम्बर अजित पान्डे लगाएत विभिन्न स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल, विद्यार्थी शिक्षक क्रमचारिहरुको उपस्थिती रहेको थियो।

    20210426204858_IMG_2485.JPG

    लोक नृत्य प्रतियोगिताको औपचारिक कार्यक्रममा SAN का उपाध्यक्ष प्रकाश मरासिनीले स्वागत मन्तव्य राख्नुभयो। उहाँले लोक संस्कृतिको जगेर्ना गर्न र लोक संस्कृतिलाई नयाँ पुस्तामा स्थापित गर्न यस्तो प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो। साथै नृत्यले विद्यार्थीहरुको शारीरिक तथा मानसिक फिटनेसलाई समेत सकारात्मक प्रभाव पार्ने बिश्वास व्यक्त गर्नुभयो।

    20210426190428_IMG_2030.JPG

    त्यसैगरी नृत्य प्रतियोगितामा SAN का सचिव तथा द सनसाईनका प्रिन्सिपल बाबुराम गौतमले प्रतियोगी विद्यार्थीहरुलाई शुभकामना मन्तव्य दिनुभयो। उहाँले विद्यार्थीहरु आफ्नो उत्कृष्ट नृत्य प्रदर्शन गर्दछ। यसबाट विद्यार्थीहरु सिकेर जाने हो। आफ्नो कलालाई एज्पोज गरेर जानेहो। भन्दै हार र जित भन्दा पनि सिकेर जाने कुरा महत्व हुने बताउनुभयो।

    20210426192043_IMG_2053.JPG

    त्यसैगरी लोक नृत्य प्रतियोगितामा प्रमुख अतिथी तथा प्रतिनिधि सभा संसद गणेश पराजुलीले प्रतियोगी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना मन्तव्य दिनुभयो। उहाँले कलाको न जात, न धर्म न सिमाना हुने भन्दै हरेक समाज, समुदाय र संस्कृति झल्काउने नृत्य र गितहरुले नेपाली समाजको प्रतिनिधित्व गर्ने बताउनुभयो। सांसद पराजुलिले डान्स कम्पिटिसनमा उपस्थित हुने सबैलाई नमन र सम्मान समेत गर्नुभयो ।

    20210426210507_IMG_2551.JPG

    एक अर्को सन्दर्भमा संसद पराजुलिले राजनिती मेरो पेशा होइन, पेशाले व्यावसायि र उद्धमी हुँ भन्दै तर अहिले राजनितिको जिम्मामा छु त्यसको भरपुर सदुपयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो। हाम्रो देशको शिक्षा प्रणालीनै दुराअवस्थामा रहेको भन्दै, सार्वजनिक शिक्षाको अवस्था राम्रो नभएको बेला केही भएपनी निजि शिक्षालयले शिक्षाको भार थेगिदिएको धारणा ब्यक्त गर्नुभयो। सार्वजनिक र सामुदायीक शिक्षाको अवस्था दुरावस्था छ। यति भएपनी निजिले गरेको राम्रो प्रती सम्मान गरेको छ उहाँले भन्नुभयो।

    20210426203845_IMG_2399.JPG

    साथै अहिले समितिमा भएको शिक्षा बिधेयक सबैभन्दा महत्वको भएकोले सबैभन्दा धेरै संशोधन परेको बताउनुभयो। उहाँले बिद्यालय शिक्षासुधारको लागी शिक्षा बिधेयक बनाउने प्रत्नमामा रहेको बताउनुभयो।

    20210426214954_IMG_2638.JPG

    प्रतियोगिताको अन्त्यमा SAN का अध्यक्ष दिलिप रेग्मिले प्रतिस्पर्धामा सहभागी विद्यार्थीहरुलाई बधाई दिनुभयो। उहाँले विद्यार्थीहरुको ब्यक्तित्व बिकास गर्न, उनीहरुसंग भएका प्रतिभाहरुलाई प्रस्फुटन गर्न र अझ बढी स्पात बनाउन नृत्य प्रतियोगिताले सघाउ पुर्‍याउने धारणा व्यक्त गर्नुभयो। साथै SAN को यस शैक्षिकसत्रको अन्तिम कार्यक्रम भएकोले नयाँ शैक्षिकसत्रबाट विद्यार्थीहरुलाई केन्द्रमा राखेर विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने बताउनुभयो।

    20210426214745_IMG_2630.JPG

    कार्यक्रममा प्रतिस्पर्धी विद्यार्थीहरुले नेपालको विभिन्न सांस्कृति झल्किने नृत्यहरु प्रस्तुत गरेका थिए। विद्यार्थीहरुले कौडा नृत्य , जिजिया नृत्य, भुमेनाच, सोरथी नाच, चन्डी तथा साकेला ना, (बैसाखी तथा उभौली पर्वमा नाचिने नाच।), मयुर नाच , टप्पा नाच जस्ता सांस्कृतिक झल्किने मनोरञ्जनात्मक नृत्यहरु प्रस्तुती दिएका थिए।

    20210426214605_IMG_2620.JPG20210426214334_IMG_2605.JPG20210426203235_IMG_2364.JPG20210426201226_IMG_2233.JPG20210426204135_IMG_2437.JPG20210426202040_IMG_2287.JPG20210426200613_IMG_2212.JPG20210426195636_IMG_2144.JPG20210426202642_IMG_2326.JPG20210426205917_IMG_2533.JPG20210426194941_IMG_2106.JPG20210426191629_IMG_2037.JPG

     

    images
    शनिवार, माघ २० २०८०१०:४०:०४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार