Aug 13 2026 | २०८३, श्रावण २८ गते

सार्वजनिक पद धारण गरेका शिक्षक, जनप्रतिनिधि र कर्मचारिका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

सार्वजनिक पद धारण गरेका शिक्षक, जनप्रतिनिधि र कर्मचारिका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

  • 611
    SHARES

  • सार्वजनिक पद धारण गरेका शिक्षक, जनप्रतिनिधि र कर्मचारिका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

    माघ, २५ गते सुनसरि । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिकाले सरकारी कार्यालयमा कार्यरत कर्मचारी लगाएत सार्वजनिक पद धारण गरेका शिक्षक , कर्मचारी , जनप्रतिनिधिहरुले कक्षा १० सम्म अनिवार्य सामुदायिक बिद्यालयमा पढाउनुपर्ने नियम ल्याएको छ।

    सामुदायिक बिद्यालयको खस्किदै गएको शैक्षिक गुणस्तरलाई मध्यनजर गर्दै पालिकाले यस्तो नियम ल्याएको हो।

    सामुदायिक बिद्यालयको खस्किदै गएको शैक्षिक गुणस्तरलाई मध्यनजर गर्दै जनप्रतिनिधि तथा कर्मचारिको निगरानी बढाई शैक्षी गुणस्तर अभिवृद्धि गर्नका लागि बराह नगरपालिकाको मिति २०८० माघ २३ गतेको बैठकले सो निर्णय गरेको उल्लेख छ।

    नगरपालिका क्षेत्रभित्र सार्वजनिक पद धारण गरेका शिक्षक, जनप्रतिनिधि र कर्मचारिका छोराछोरी कक्षा १० सम्म सामुदायिक विद्यालयमा पढाउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र बहादुर मल्लले हस्ताक्षर गरेको सार्वजनिक अपिलमा उल्लेख गरिएको छ।

    यस्तो छ अपिल ।

    FB_IMG_1707359426105.jpg

    images
    बिहिवार, माघ २५ २०८००८:३२:३१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार