सोमवार, माघ २९ २०८०
माघ, २९ गते सोमबार । काठमाडौको शंखमुलमा अवस्थित नेरिक एकेडमिले बिज्ञान प्रदर्शनी - २०८० (Science Exhibition -2080) आयोजना गरेको छ। काठमाडौ महानगरपालिका अन्तर्गत शंखमुल, बानेश्वरमा अवस्थित नेरिक एकेडमिले साइन्स एक्जुवेसन (बिज्ञान प्रदर्शनी) आयोजना गरेको हो।

एक्जुवेसन नर्षरी देखि कक्षा १० सम्मका विद्यार्थी भाइबहिनीहरुले बनाएको विभिन्न प्रोजेक्टहरु प्रदर्शनीमा राखिएको थियो। उनिहरुले सहज रुपमा प्राप्त हुने कागज, काठ, मेटलहरुको प्रयोग गरेर विभिन्न, औजारगरु, रोमोट बाट बिद्धुतिय सामाग्री, तथा रंगिन प्रोजेक्टहरु निर्माण गरेका थिए ।

प्रदर्शनी हेर्न अभिभावक तथा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो भने अवलोकन गर्न आउने अभिभावकलाई विद्यार्थीहरुले आफै बनाएको प्रोजेक्टको बारे ब्याख्या गरिरहेका देखिन्थे। साथै आफ्नो बालबालिकाले बनाएको प्रोजेक्टहरुको अवलोकन गर्दा विद्यार्थी तथा अभिभावक सबै खुशी देखिन्थे।

एक्जुवेशन कार्यक्रमले विद्यार्थीहरुको सिर्जनात्मक क्षमता अभिबृद्धी गर्न सघाउ पुर्याउने स्कुलका प्राचार्य मिल केसिले बताउनुभयो । एक्जुवेशन कार्यक्रमले विद्यार्थीहरुले कक्षाकोठामा सिकेका ज्ञान, सिपल, र कला प्रदर्शन (एक्स्पोज) गर्न सघाउ पुर्याउने उहाँले बताउनुभयो।









