शुक्रवार, फाल्गुण ४ २०८०
फागुन, ४ गते काठमाडौ । नेपाल मेडिकल काउन्सिलद्वारा विशेष मौका परिक्षाको लागि अनलाईन आवेदन माग गरेको छ।
काउन्सिलले २०८० चैत २२ र २३ गते बिहिबार र शुक्रबार हुने विशेष परिक्षाको लागि फागुन ५ गते देखि अनलाइन आवेदन फारम खुला गरेको छ।
परिक्षामा सहभागी हुन इच्छुक परिक्षार्थिहरुले exam.nmc.org.np मा दिइएको निर्देशन बमोजिम चैत ४ गते सम्म नियमित र ५ र ६ गते दुई दिन बिलम्ब शुल्कमा आवेदन फारम भर्न सुचित गरेको छ।
अनलाइन आवेदन भर्ने र बुझाउने २४ सै घण्टा खुला रहने छ । साथै परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुलचोकमा हुने सूचनामा उल्लेख गरिएको छ।
फारम भर्न क्लिक यहाँ गर्नुस !
