Oct 02 2026 | २०८३, आश्विन १६ गते

कक्षा १२ को परीक्षा बैशाख १४ गते देखि हुने। (तालिका सहित)

कक्षा १२ को परीक्षा बैशाख १४ गते देखि हुने। (तालिका सहित)

  • 799
    SHARES

  • कक्षा १२ को परीक्षा बैशाख १४ गते देखि हुने। (तालिका सहित)

    फागुन, ०५ गते, काठमाडौँ- कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ। बोर्डले साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानोपाठ्यक्रम अनुसारका नियमित एवं ग्रेडवृद्धि परीक्षार्थीहरूको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको हो ।

    राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ को कक्षा १२ को परीक्षा आगामी वैशाख १४ गतेदेखि २६ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न्ने जनाएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको ल सूचना अनुसार विद्यार्थीको एकभन्दा बढी विषयको परीक्षा एकै दिन परेको खण्डमा सूचना प्रकाशन भएको १५ दिनभित्र बोर्डका प्रदेशशाखा कार्यालय वा परीक्षा नियन्त्रण कार्यालयमा जानकारी गराउनुपर्ने उल्लेख छ।

    साधारण /परम्परागत धारतर्फ रजिष्ट्रेशन नम्बरको शुरुका दुई अंक ७८, ७९ र ८० हुने ग्रेडवृद्धि तथा नियमित परीक्षार्थीहरुले नयाँ पाठ्यक्रम अनुसार परीक्षामा सहभागी हुनुपर्ने तथा सो बाहेक अन्य ग्रेडवृद्धि परीक्षार्थीहरु (रजिष्ट्रेशन नम्बरका शुरुका दुई अंक ७६ र ७७ हुने) ले पुरानो पाठ्यक्रम अनुसार परीक्षा दिनु पर्नेछ । 

    प्राविधिक धारतर्फका परीक्षार्थीहरु (रजिष्ट्रेशन नम्बरको शुरुका दुई अंक ७९ र ८० हुने) ले प्राविधिक धारतर्फको नयाँ पाठ्यक्रम  अनुसार परीक्षामा सहभागी हुनु पर्ने तथा सो बाहेक अन्य ग्रेडवृद्धि परीक्षार्थीहरु (रजिष्ट्रेशन नम्बरका शुरुका दुई अंक ७६, ७७ र ७८ हुने) ले पुरानो पाठ्यक्रम  अनुसार परीक्षा दिनु पर्नेछ । 

    अनिवार्य गणित (००८१) एवं ऐच्छिक गणित (४०२१) विषयको पाठ्यक्रम र विशिष्टीकरण तालिका अद्यावधिक भएकोले नियमित परीक्षार्थीहरूले सोही बमोजिम परीक्षा दिनु पने सूच्नामा उल्लेख छ । 

    परीक्षा तालिका हेर्न यहाँ क्लिक गर्नुहोस्।

    FB_IMG_1708144875007.jpgFB_IMG_1708144877059.jpg

    images
    शनिवार, फाल्गुण ५ २०८०११:५५:४५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार