बुधवार, फाल्गुण १६ २०८०
फागुन, १६ गते, काठमाडौं । शिक्षक सेवा आयोगले कार्यसम्पादन मुल्यांकनको आधारमा शिक्षकहरुको बढुवा गरेको छ। आयोगको बढुवा सिफारिस समितिको सचिवालय लुम्बिनी प्रदेश देउखुरीले कार्यसम्पादन मुल्याङ्कनको आधारमा शिक्षकहरुको बढुवा नामावली प्रकाशित गरेको हो।
शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरको २०८० भदौँ ११ गते प्रकाशित कार्य सम्पादन मूल्याङ्कनका आधारमा गरिने ७५ प्रतिशत शिक्षक बढुवाको विज्ञापन अनुसार शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, लुम्बिनी प्रदेशको निर्णयानुसार बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारहरू मध्ये सबैभन्दा बढी अङ्क प्राप्त गर्नेहरूको नामावली प्रकाशन गरेको जनाइएको छ ।
आयोगले विभिन्न मितिको निर्णय अनुसार बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारहरु मध्ये बढी अंक प्राप्त गर्ने जिल्ला, अंक, श्रेणी र बिज्ञापन अनुसार उम्मेदवारको नामावली प्रकाशित गरिएको जनाइएको छ। साथै प्रदेश समितिले गरेको बढुवा उपर चित्त नबुझेमा यो सूचना प्रकाशित भएको ३५ दिन दिनभित्र तोकिएको शुल्क बुझाई निर्देशनालयमा उजुरी दिन सकिने जनाएको छ ।
नतिजा हेर्न लुम्बिनी प्रदेश शिक्षा तथा सामाजिक बिकास निर्देशनालयको वेबसाईट http://eddmos.p5.gov.np र आयोगको वेबसाईट http://tsc.gov.np मा हेर्न सकिनेछ।
