Aug 13 2026 | २०८३, श्रावण २८ गते

नयाँ शैक्षिकसत्र वैशाख २ देखि शुरुहुँदै: सतहत्तरै जिल्लामा पुग्यो पाठ्यपुस्तक ।

नयाँ शैक्षिकसत्र वैशाख २ देखि शुरुहुँदै: सतहत्तरै जिल्लामा पुग्यो पाठ्यपुस्तक ।

  • 547
    SHARES

  • नयाँ शैक्षिकसत्र वैशाख २ देखि शुरुहुँदै: सतहत्तरै जिल्लामा पुग्यो पाठ्यपुस्तक ।

    चैत, ३० गते काठमाडौ । नयाँ शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने आदर्श वाक्यका साथ देशभर वैशाख २ गतेदेखि सुरु हुँदैछ। शिक्षा तथा मानव स्राेत विकास केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरणका लागि कार्ययोजना कार्यान्वयनका लागि शिक्षा विकास तथा समन्वय एकाई र स्थानीय तहलाई अनुराेध गरेकाे छ।

    विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराइ शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयनको सुनिश्चितता गर्नका लागि कार्ययोजनासमेतलाई मध्येनजर गरी स्थानीय तहले निर्देश गरे बमोजिम आआफ्नो क्षेत्रमा अभियान सञ्चालन गर्न केन्द्रले अनुरोध गरेकाे छ।

    भर्ना अभियानको पहिलो दिन वैशाख २ गते सबै स्थानीय तहका शिक्षा प्रमुख, एकाइ प्रमुख, नगरपालिका महासंघ, गाउँपालिका महासंघ, मन्त्रालय र केन्द्रीय निकायको सहभागितामा शिक्षामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा ‘भर्चुअल’ माध्यमबाट अन्तरक्रिया गर्ने कार्यक्रम छ। त्यसैगरी वैशाख २ देखि २१ गतेसम्म रेडियोबाट अभियानबारे सन्देश प्रसारण गर्ने जानकारी दिइएको छ।

    सामुदायिक विद्यालयकेन्द्रित हुने विद्यार्थी भर्ना अभियानअन्तर्गत वैशाख २ गते स्थानीय तहको निर्देशनअनुरूप विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले विद्यालयमा भर्ना भएका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्दै भर्ना अभियान थालिनेछ। वैशाख ५ गते अभियानको ब्यानरसहित घरदैलो कार्यक्रम र वैशाख ७ गते अभिभावकविहीन बालबालिकाको अभिभावकत्व लिन समाजका उदारमना सदस्यसँग आह्वान गर्नेलगायत कार्यक्रम निर्धारण भएको छ।

    अभियानकै क्रममा वैशाख १० गते सम्म भर्ना भएका विद्यार्थीलाई पोशाक र छात्रवृत्ति प्रदान गरिनेछ। वैशाख १५ देखि २० गतेसम्म शिक्षा विकास तथा समन्वय एकाइबाट प्राप्त विवरणका आधारमा विद्यार्थी विवरण तयार गरी मन्त्रालय पठाउने केन्द्रले जनाएको छ। यद्यपि निजी क्षेत्रका अधिकांश विद्यालयले भने वैशाखको पहिलो सातादेखि कक्षा सञ्चालन हुने गरी भर्ना प्रक्रिया शुरु गरिसकेका छन्।

    सतहत्तरै जिल्लामा पुग्यो पाठ्यपुस्तक

    यस बर्ष भर्ना अभियान सुरुहुनु अगावै  सतहत्तरै जिल्लामा पाठ्यपुस्तक समेत पुगिसकेको छ। जनक शिक्षा सामाग्री केन्द्रले प्रकाशन गरेको कार्यतालिकाअनुसार विराटनगर, जनकपुर, सानोठिमीस्थित केन्द्रीय कार्यालय, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट यही चैत १३ देखि २८ गतेसम्म पाठ्यपुस्तक बिक्री भएका छन्।

     

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार