Aug 13 2026 | २०८३, श्रावण २८ गते

धनगढी उपमहानगरको कक्षा ८ को नतिजा सुधार

धनगढी उपमहानगरको कक्षा ८ को नतिजा सुधार

  • 697
    SHARES

  • धनगढी उपमहानगरको कक्षा ८ को नतिजा सुधार

    चैत, ३० गते धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा ८ कक्षाको परीक्षाको नतिजा सुधार भएको छ। सामुदायिक विद्यालयहरूको आधारभूत तहको परीक्षा नतिजामा गत वर्षभन्दा यस वर्ष सुधार भएको हो।

    गत वर्ष परीक्षामा सहभागी भएकामध्ये पहिलो चरणमा ९ दशमलव ४७ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएकोमा यस वर्ष सामुदायिक विद्यालयबाट पहिलो चरणमा ३१ प्रतिशत विद्यार्थी सफल भएका छन् । त्यस्तै गत वर्ष १७ वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएकोमा यस वर्ष कुनै पनि सामुदायिक विद्यालयको नतिजा शून्य छैन ।

    शैक्षिक सत्र २०८० मा सामुदायिक विद्यालयको नतिजा सन्तोषजनक आएको उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीले बताए । ‘यो वर्ष गत वर्षको तुलनामा ८ कक्षाको परीक्षाको नतिजामा सुधार देखिएको छ । यो वर्षको नतिजालाई सन्तोषजनक भन्न मिल्छ,’ खातीले भने ।

    यस वर्ष धनगढीका ४२ वटा सामुदायिक विद्यालयका ३ हजार ५२४ विद्यार्थी ८ कक्षाको वार्षिक परीक्षामा सम्मीलित भएका थिए । परीक्षामा सम्मिलित भएकामध्ये १ हजार ९० जना विद्यार्थी आधारभूत तहको पहिलो चरणको परीक्षामा सफल भएका छन् । ‘ गत वर्षदेखि परीक्षा सञ्चालन, परीक्षण तथा नतिजा प्रकाशन व्यवस्थित भएकाले यो वर्ष नतिजामा पनि सुधार भएको छ,’ शिक्षा महाशाखा प्रमुख खातीले भने ।

    images
    शुक्रवार, चैत्र ३० २०८०१०:१७:२०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार