Aug 13 2026 | २०८३, श्रावण २८ गते

कक्षा ८ को नतिजा निल आएपछि प्रधानाध्यापकले दिए राजीनामा

कक्षा ८ को नतिजा निल आएपछि प्रधानाध्यापकले दिए राजीनामा

  • 514
    SHARES

  • कक्षा ८ को नतिजा निल आएपछि प्रधानाध्यापकले दिए राजीनामा

    बैशाख, २ गते बैतडी। कक्षा ८ को नतिजा निल आएपछि बैतडीको पाटन नगरपालिका–१ शिद्धेश्वर माध्यामिक बिद्यालय मेल्चौराका प्रधानाध्यापक प्रकाश लुहारले राजिनामा दिएका छन । प्रधानाध्यापक लुहारले बिद्यालय व्यवस्थापन समिति अध्यक्ष हिक्मत सिंह रावल समक्ष राजिनामा बुझाएका हुन।

    स्रोतका अमुसार लुहारको राजीनामा आईतबार नै स्वीकृत भएको बताइएको छ। नगर स्तरिय परिक्षामा कक्षा ८ मा शून्य नतिजा आएको छ भने कक्षा १ देखी ९ सम्म ८ बाहेक वडा स्तरिय परिक्षामा जम्मा १ सय २७ जना मध्ये २२ जना मात्र उर्तिण भएका छन्।

    नगर शिक्षक तथा स्वमंसेवक शिक्षकले अध्यपन गराइरहेको बिद्यालयको भन्दा रिजल्ट कमजोर आएपछि प्र.अबाट राजीनामा दिएको प्रकाश लुहारले बताए । कक्षा ८ मात्र नभइ १ देखी ९ सम्मकै नतिजा अपेक्षाकृत नआएकाले राजीनामा दिएको उनले बताए ।

    लुहारको राजीनामा पछि बिद्यलाय व्यवस्थापन समितिले शिक्षक उद्धव भट्टराईलाई अहिलेका लागि निमित्त प्र.अ को जिम्मा दिएको छ भने ७ गते भित्र नयाँ प्र.अ. नियुक्त गर्ने विद्यालयले स्रोतले जनाएको छ।

    images
    आइतवार, बैशाख २ २०८१०८:५६:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार