Aug 13 2026 | २०८३, श्रावण २८ गते

काठमाडौं महानगरपालिकाद्वारा शैक्षिक क्यालेन्डर प्रकाशित । (क्यालेन्डर सहित)

काठमाडौं महानगरपालिकाद्वारा शैक्षिक क्यालेन्डर प्रकाशित । (क्यालेन्डर सहित)

  • 1.1K
    SHARES

  • काठमाडौं महानगरपालिकाद्वारा शैक्षिक क्यालेन्डर प्रकाशित । (क्यालेन्डर सहित)

    बैशाख, ४ गते काठमाडौ । काठमाडौ महानगरपालिकाले शैक्षिक क्यालेन्डर प्रकाशित गरेको छ। महानगरपालिकाले १६ बुदे निर्देश सहित शैक्षिक क्यालेन्डर प्रकाशित गरेको हो।

    शैक्षिक क्यालेन्डरमा महानगरले विद्यालयले भर्नाको लागि प्रारम्भिक बाल कक्षामा तथा अन्य विद्यालयबाट अघिल्लो कक्षा उत्तीर्ण गरी ग्रेडसीटसहित आएका विद्यार्थीको प्रवेश परीक्षा तथा प्रवेश परीक्षा शुल्क लिन नपाइने नियम बनाएको छ ।

    शैक्षिक क्यालेण्डरमा उल्लेख भएका बिदा र थप स्थानीय बिदाबाहेक कुनै पनि दिन (जस्तैः परीक्षा तयारी, वार्षिकोत्सव तयारी, उत्तरपुस्तिका परीक्षण, महिनाको अन्तिम बार आदिका नाममा) विद्यालयका शैक्षिक गतिविधि अवरुद्ध गर्न नपाइने महानगरपालिकाले जनाएको छ ।

    त्यसैगरी विद्यालयको क्षमताभन्दा बढी विद्यार्थीले भर्नाका लागि आवेदन दिएमा आवेदन दिएमा गोला प्रथा वा पहिला आउनेलाई प्राथमिकता दिई भर्ना गर्नुपर्ने छ । निलो रंग लगाएका शुक्रबार कक्षा ४ देखि ८ मा उपसमूहहरुमा आधारित सिर्जनात्मक सिकाइ र कक्षा १० मा शिक्षामा सिप कार्यक्रम (बुक फ्रि फ्राइडे) सञ्चालन गर्नुपर्ने शैक्षिक क्यालेण्डरमा उल्लेख छ । 

    श्रमदान अनिवार्य श्रम संस्कृतिको विकास गराउन हरेक शुक्रबार विद्यालय तथा आसपासका क्षेत्रमा बालबालिका तथा वातावरण उपसमूहको अगुवाइमा विद्यार्थी र शिक्षकको सहभागितामा एक घण्टा सुन्दर तथा हरित विद्यालय प्रवर्धनका लागि श्रमदान अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने भनेको छ ।

    त्यसैगरी काठमाडौ महानगरपालिकाले विद्यालय हाताभित्र चाउचाउ, बिस्कुटजस्ता न्यून तथा अल्प पोषक खाद्य पदार्थ निषेध गरिएको छ । विद्यालयले हरेक दिन उपलब्ध गराउने दिवा खाजाको लागि स्थानीय उत्पादनमा आधारित खाद्यवस्तुलाई प्राथमिकता दिनुपर्ने छ । हरेक शुक्रबारको दिवा खाजामा रैथाने प्रजातिका खाद्यवस्तुको उपयोग गर्नुपर्ने छ । कुनै पनि विद्यालयले विद्यालय परिसरबाट पुस्तक, पोसाक तथा स्टेशनरी सामग्री बिक्री वितरण गर्न नपाइने महानगरपालिकाले जनाएको छ ।

    यस्तो छ महानगरपालिकाको निर्देशन ।

    १. सबै विद्यालयले सबै कक्षा (प्रारम्भिक बाल कक्षासहित) मा अनिवार्यरूपमा राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६, अनुरूप विकास गरिएको पाठ्यक्रममा आधारित भई शिक्षण सिकाइ क्रियाकलाप तथा मूल्याङ्कन प्रणाली अवलम्बन गर्नुपर्ने छ ।

    २. पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरले स्वीकृत गरेभन्दा बाहेकका कुनै पनि पाठ्यपुस्तक प्रयोग गर्न पाइने छैन ।

    ३. प्रारम्भिक बाल कक्षा (इसिडी ) देखि कक्षा ३ सम्म एकीकृत शिक्षण सिकाइ क्रियाकलाप र शत प्रतिशत आन्तरिक मूल्याङ्कन भएकोले सोको पूर्ण कार्यान्वयन गर्नुपर्ने छ ।

    ४. कक्षा १-१२ मा पाठ्यक्रमले तोके बमोजिमको आन्तरिक मूल्याङ्कन गरी सोको अभिलेखीकरण अनिवार्य रूपमा गर्नुपर्ने छ साथै सम्बन्धित विद्यालयका विषय शिक्षकहरूबाट प्रश्नपत्र तयार पारी त्रैमासिक परीक्षा सञ्चालन गर्नुपर्ने छ । कक्षा ८ को महानगरस्तरीय परीक्षा केन्द्रगत रूपमा सञ्चालन गरिने छ ।

    ५. कक्षा १-१२ का हरेक कक्षा र विषयका आवधिक परीक्षाका लागि तयार पारिएका शिक्षक निर्मित प्रश्नपत्रहरूको सफ्टकपी सम्बन्धित स्रोतकेन्द्रमा बुझाउनुपर्नेछ ।

    ६. कक्षा ३ सम्मको थिमगत सिकाइ उपलब्धि तथा अन्य कक्षाका विद्यार्थीको आन्तरिक मूल्याङ्कनको बारेमा जानकारी गराउन हरेक तीन महिनामा कम्तीमा एकपटक अभिभावक भेला राख्नु पर्ने छ ।

    ७. महानगरपालिकाले उपलब्ध गराएको शिक्षक डायरीको प्रयोग गरी पूर्ण रूपमा अद्यावधिक गर्नुपर्ने छ ।

    ८. सामुदायिक विद्यालयहरूले हरेक महिनाको ७ गतेभित्र अघिल्लो महिनाको दिवा खाजाको रकम माग गर्नुपर्ने छ ।

    ९. सामुदायिक विद्यालयहरूले हरेक महिनाको २५ गतेभित्र सो महिनाको तलबभत्ता माग गर्नुपर्ने छ ।

    १०. शैक्षिक क्यालेण्डरमा उल्लेख भएका बिदा र थप स्थानीय बिदाबाहेक कुनै पनि दिन (जस्तै : परीक्षा तयारी, वार्षिकोत्सव तयारी, उत्तरपुस्तिका परीक्षण, महिनाको अन्तिम बार आदिका नाममा) विद्यालयका शैक्षिक गतिविधि अवरुद्ध गर्न पाइने छैन ।

    ११. भर्नाको लागि प्रारम्भिक बाल कक्षामा तथा अन्य विद्यालयबाट अघिल्लो कक्षा उत्तीर्ण गरी ग्रेडसीटसहित आएका विद्यार्थीको प्रवेश परीक्षा तथा प्रवेश परीक्षा शुल्क लिन पाइने छैन । विद्यालयको क्षमताभन्दा बढी विद्यार्थीले आवेदन दिएमा गोला प्रथा वा पहिला आउनेलाई प्राथमिकता दिई भर्ना गर्नुपर्ने छ ।

    १२. शैक्षिक क्यालेन्डरमा निलो रंग लगाएका शुक्रबार कक्षा ४ देखि ८ मा उपसमूहहरुमा आधारित सिर्जनात्मक सिकाइ र कक्षा ९-१० मा शिक्षामा सिप कार्यक्रम (बुक फ्रि फ्राइडे) सञ्चालन गर्नुपर्ने छ ।

    १३. श्रम संस्कृतिको विकास गराउन हरेक शुक्रबार विद्यालय तथा आसपासका क्षेत्रमा बालबालिका तथा वातावरण उपसमूहको अगुवाइमा विद्यार्थी र शिक्षकको सहभागितामा एक घण्टा सुन्दर तथा हरित विद्यालय प्रवर्धनका लागि श्रमदान अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने छ ।

    १४. विद्यार्थी स्वागत तथा भर्ना अभियान कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने छ । भर्ना भएका विद्यार्थीको विवरण जन्मदर्ता प्रमाण-पत्रको आधारमा अभिलेखीकरण गर्नुपर्ने छ ।

    १५. विद्यालय हाताभित्र चाउचाउ, बिस्कुटजस्ता न्यून तथा अल्प पोषक खाद्य पदार्थ निषेध गरिएको छ । विद्यालयले हरेक दिन उपलब्ध गराउने दिवा खाजाको लागि स्थानीय उत्पादनमा आधारित खाद्यवस्तुलाई प्राथमिकता दिनुपर्ने छ । हरेक शुक्रबारको दिवा खाजामा रैथाने प्रजातिका खाद्यवस्तुको उपयोग गर्नुपर्ने छ ।

    १६. कुनै पनि विद्यालयले विद्यालय परिसरबाट पुस्तक, पोसाक तथा स्टेशनरी सामग्री बिक्री वितरण गर्न पाइने छैन ।

     

    यस्तो छ काठमाडौ महानगरपालिको बार्षिक शैक्षिक क्यालेण्डर

    PSX_20240416_103424.pngPSX_20240416_103957.pngPSX_20240416_103545.pngPSX_20240416_103701.pngPSX_20240416_103736.pngPSX_20240416_103847.png

    images
    मंगलवार, बैशाख ४ २०८११०:४५:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार