Oct 02 2026 | २०८३, आश्विन १६ गते

आजदेखि कक्षा १२ को परीक्षा शुरु: तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी।

आजदेखि कक्षा १२ को परीक्षा शुरु: तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी।

  • 619
    SHARES

  • आजदेखि कक्षा १२ को परीक्षा शुरु:  तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी।

    बैशाख, १४ गते काठमाडौं । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरुहुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ ।

    परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले राससलाई जानकारी दिनुभयो । उहाँले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गर्नुभयो ।

    कक्षा १२ काे परीक्षामा ४ लाख ९१ हजार ४९७ जना विद्यार्थीहरू सहभागी हुन लागेका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ कुल ३ लाख ९० हजार ८४७ परीक्षार्थीहरू रहेका छन् । तीमध्ये एक लाख ९६ हजार ९१४ छात्राहरू छन् भने एक लाख ९३ हजार ९३३ जना छात्र गरी रहेका छन् । यस्तै, ग्रेडवृद्धितर्फका एक लाख ६५० जना विद्यार्थी छन्। गत वर्षकाे तुलनामा याे वर्ष १८ हजार परीक्षार्थी बढि रहेका छन् ।

    कक्षा १२काे परीक्षा यस वर्ष जापानको एक केन्द्रबाट पनि संचालन हुने भएकाे छ । यस्तै, नेपालका ७७ वटा जिल्ला गरी एक हजार ५२६ केन्द्रमा परीक्षा सञ्चालन हुँदैछ । परीक्षार्थी बढेकाले याे वर्ष परीक्षा केन्द्र पनि थपिएको छ ।

    images
    शुक्रवार, बैशाख १४ २०८१०६:१३:५०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार