सोमवार, बैशाख १७ २०८१
बैशाख, १७ गते पोखरा । माद्यामिक शिक्षा कक्षा१२को प्रश्नपत्र आउट गरेको आरोपमा पोखराबाट दुईजना पक्राउ परेका छन् । पोखराको फूलबारीस्थित शिवशक्ति माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र विद्युतीय माध्यमबाट आउट गरेको आरोपमा सोमबार प्रहरिले पक्राउ गरेको हो।
बैशाख १६ गते आइतबारको प्रश्नपत्र आउट गरेको उजुरी प्रदेश प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय रामबजारमा परेको उजुरीको आधारमा पोखरा ११ फूलबारी बस्ने बर्ष ३९ का नारायण बास्तोला र सोही ठाउँका वर्षा ३७ का रामचन्द्र बास्तोलालाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता डिएसपी वसन्त कुमार शर्माले जानकारी दिए ।
उनिहरुमाथि शिक्षा ऐन २०२८, अन्तर्गतको कसुरमा जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुवै जना सोही विद्यालयको शिक्षक रहेको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट कक्षा १२ को थप उत्तर पुस्तिका ८ थान पनि बरामद गरिएको शर्माले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।