शनिवार, जेठ १२ २०८१
जेठ, १२ काठमाडौ । बुढानिलकण्ठ नगरपालिका -१० कपनमा अवस्थित बाल उद्धार माद्यामिक बिद्यालयले प्रजातान्त्रिक पद्धति अनुरुप निर्वाचन गरेर School Captain र Vice-Captain को छनौट गरेको छ। शुक्रवार Book Free Day को दिन पारेर बिद्यालयले नमुना निर्वाचन प्रणाली अवलम्बन गरेर School Captain र Vice-Captain को छनौट गरेको हो।

निर्वाचन मार्फत School Captain मा अत्यधिक मतका साथ कक्षा १० (B) का छात्र लोकेन्द्र विष्ट र School Vice-Captain मा कक्षा ९ (A) कि छात्रा पुष्पान्जली मल्ल निर्वाचित भएको अतिरिक्त क्रियाकलाप तथा खेलकुद संयोजक राजेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । captain मा ४ जना र v.captain मा ५ जना प्रतिस्पर्धि रहेको संयोजक बुढाथोकीले बताउनुभयो ।

निर्वाचनमा School Captain र School Vice- Captain तर्फ ४/५ जना प्रत्यासी रहेका थिए।कक्षा१-१० कक्षासम्म को बिद्यार्थी ले मतदानमा भाग लिई एकदमै उत्सुकता र खुशिका साथ लामबद्ध भएर स्कुल मैदानमा सम्पूर्ण शिक्षकको सहयोगमा मतदान गरेका थिए।

निर्वाचनमा मतपेटिकाको सुरक्षा,बिद्यार्थी म्यादी प्रहरी र मतपत्र वितरकको जिम्मेवारी विद्यार्थीहरुलाई नै दिइएको थियो। निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण २०८१ जेठ १३ गते आइतवार Assembly मा हुनेछ। निर्वाचनमा संयोजन जिम्मेवारी ECA Incharge तथा शिक्षक राजेन्द्र वुढाथोकी, निर्वाचन सह-संयोजनको जिम्मेवारी परीक्षा सयोजक तथा शिक्षक बामदेव भट्ट, मतदान अधिकृतमा बिद्यार्थी दिपेन्द्र रावल ले जिम्मेवारी बहन गर्नुभएको थियो । साथै सहजिकरणकोको लागि शिक्षक कृष्ण प्रसाद दाहाल र शिक्षक मनोज खतिवडाले भुमिका निभाउनुभएको थियो र मतगणना कार्य शिक्षकहरु रिता भण्डारी,कृष्णकुमारी शर्मा,इन्दिरा वस्नेत र गुरु प्रसाद त्रिपाठीले विद्यार्थी गणकलाई परिचालन गर्नुभएको थियो।

त्यसैगरी शिक्षक भूवन डोटेल,अहिल्या भट्टराई,शारदा क्षेत्री,सत्येन्द्र अर्याल,चन्द्रकला खतिवडा ,ईन्द्रकिशोर झा,विनोद पन्त,रोशन श्रेष्ठ,समीर राई,सुनिताद काफ्ले,रन्जु आचार्य,रमलादेवी शर्मा,अनामिका अधिकारी,सबिनाराज भण्डारी,प्रतीक्षा कार्की,पदमा सन्जेल,कल्पना आचार्य,इन्जु कडेल,शर्मिला थापा,शिखर कुलाल लगायतले निर्वाचन मर्यादित बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो।

अन्त्यमा निर्वाचनबाट छनौट भएका School Captain र School Vice-Captain क्रमश: लोकेन्द्र बिष्ट र पुष्पान्जली मल्ल , निर्वाचन कार्यक्रमलाई भव्य र सभ्य रुपले सफल पार्न प्रमुख निर्वाचन संयोजक राजेन्द्र बुढाथोकी लगायत सम्पूर्ण शिक्षक कर्मचारी तथा विद्यार्थीहरुलाई बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ध्रर्व प्रसाद घिमिरे,बि.ब्य.स.सदस्य सुबिन चालिसे र प्रधानाध्यापक बिनोद पण्डितले खादा तथा अबिर माला लगाई बधाई दिनुभएको थियो।





