मंगलवार, जेठ २२ २०८१
जेठ, २२ गते काठमाडौ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा DM/MCh/NBMS-SS शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम खुला गरेको छ।
चिकित्सा शिक्षा DM/MC/NBMS-SS (MECEE-DM/MCh 2024) का विभिन्न शैक्षिक कार्यक्रमहरूका लागि विद्यार्थी छनौट गर्न सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षामा सहभागी हुन इच्छुक योग्यता पुगेका उम्मेदवारहरूबाट मिति २०८१ जेठ २२ गते विहान १०:०० बजेदेखि २०८१ असार ३ गते सोमबार अपरान्ह ५:०० बजेसम्म आयोगको अनलाइन आवेदन दिन सकिने उल्लेख छ।
आवेदन दिन आयोगको दरखास्त प्रणाली https://entrance.mec.gov.np मार्फत अनलाइन आवेदन फाराम पेश गर्न आव्हान गरिएको छ।
सो सम्बन्धी विस्तृत सूचना आयोगको बेवसाइट https://mec.gov.np मा प्रकाशित गरिएको व्यहोरा सूचित गरिन्छ ।
