Oct 02 2026 | २०८३, आश्विन १६ गते

धनगढी उपमहानगरद्वारा शिक्षकहरुका लागि कार्यशाला सञ्चालन

धनगढी उपमहानगरद्वारा शिक्षकहरुका लागि कार्यशाला सञ्चालन

  • 501
    SHARES

  • धनगढी उपमहानगरद्वारा शिक्षकहरुका लागि कार्यशाला सञ्चालन

    जेठ, २८ गते कैलाली । धनगढी उपमहानरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षकहरुका लागि एक दिने प्रश्न पत्र निर्माण, प्रयोग तथा विश्लेषण सम्बन्धी कार्यशाला सञ्चालन गरिएको छ। पालिकामा कार्यरत अंग्रेजी, सामाजिक, गणित बिषय अध्यापन गर्नुहुने शिक्षकहरुको लागि कार्यशाला सञ्चालन गरेको हो।

    धनगढी उपमहानरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा कार्यरत अँग्रेजी विषय अध्यापन गर्ने ३० जना, सामाजिक विषय अध्यापन गर्ने ३० जना र गणित विषय अध्यापन गर्ने ३० जना जम्मा गरी ९० जना शिक्षकहरुका लागि एक दिने प्रश्न पत्र निर्माण, प्रयोग तथा विश्लेषण सम्बन्धी कार्यशाला सञ्चालन गरिएको मेयर गोपाल हमालले बताउनुभयो।

    उक्त कार्यशालामा विज्ञ स्रोत शिक्षक हेमराज विष्ट (अँग्रेजी), गणेश राज भट्ट (सामाजिक) र कृष्ण सिंह पेला (गणित/विज्ञान) बाट सहजीकरण गरिएको छ ।

    images
    सोमवार, जेठ २८ २०८११०:३२:२१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार