सोमवार, जेठ २८ २०८१
जेठ, २८ गते काठमाडौ । चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम खुलेको छ।
आयोगले एक सूचना जारी गर्दै चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरू (MECEE-BL 2025) मा विद्यार्थी भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम आह्वान गरेको हो।
शैक्षिक सत्र २०८१/०८२ मा चिकित्सा शिक्षा स्नातक तह (MECHE-BL 2025) का विभिन्न शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी छनौट गर्न सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षामा सहभागी हुन इच्छुक योग्यता पुगेका उम्मेदबारहरूवाट मिति २०८१ जेठ ३० गते विहान १०:०० बजेदेखि २०८१ असार १८ गते मङ्गलबार अपरान्ह ५:०० बजेसम्म अनलाइन आवेदन आह्वान गरिएको छ । साथै २०८१ असार १८ गते अपरान्ह ५:०० बजेपछि ऐ २५ गते अपरान्ह ५:०० बजेसम्म दोब्बर दस्तुर तिरी आवेदन गर्न सकिनेछ ।
योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली https://entrance.mec.gov.np मार्फत आवेदन दिन सक्नेछन् ।














