Aug 13 2026 | २०८३, श्रावण २८ गते

शैक्षिक क्षेत्रमै पृथक : संस्कार तथा सीपमुलक शिक्षाका लागि उत्कृष्ट-एलआरआई

शैक्षिक क्षेत्रमै पृथक : संस्कार तथा सीपमुलक शिक्षाका लागि उत्कृष्ट-एलआरआई

  • 697
    SHARES

  • शैक्षिक क्षेत्रमै पृथक : संस्कार तथा सीपमुलक शिक्षाका लागि उत्कृष्ट-एलआरआई

    असार, १२ गते काठमाडौ। शैक्षिक क्षेत्रमै आफ्नो पृथक परिचय बनाएको काठमाडौको कलंकीमा अवस्थित लर्निङ रियल्म इन्टरनेशनल स्कूल (एलआरआई) संस्कार तथा सीपमुलक शिक्षाका लागि अग्रणी स्थानमा रहेको छ। कक्षा नर्सरी देखि १२ सम्म अध्ययन अध्यापन गर्ने एलआरआई स्कुल नेपाल भरीमै उत्कृष्ट मध्य पर्दछ।

    FB_IMG_1719370112428.jpg

    हाल कक्षा ११ र १२ मा Science, Management & Law ( बिज्ञान, ब्यबस्थापन र कानुन) बिषयको पढाई हुने गर्दछ।

    FB_IMG_1719372291482.jpgFor inquiry Click Here !

    ट्रष्टमार्फत् २०४४ साल फागुन १२ गते स्थापित भएको एलआरआई स्कूल २१ औ सताब्दिको सूचना प्रविधिसहितको शिक्षामा जोड दिदै आएको छ। कुशल शैक्षिक नेतृत्व, बिषयबिज्ञ् तथा शिक्षकको परिश्रमको कारण काठमाडौँ महानगरपालिका वडा १४ कलंकीमा अवस्थित यस विद्यालयले प्राप्त गरेको सफलता सिक्न लायक छ।

    img_4_1719372829834.jpg

    काठमाडौको कलंकिमा २२ रोपनी भन्दा बढी जग्गामा पर्याप्त सुविधा सम्पन्न र भुकम्प प्रतिरोधी भवनहरु छन् । स्कुलका संस्थापक प्राचार्य शिवराज पन्त भन्नुहुन्छ, 'बालबालिका सुरक्षित रहनुपर्छ'। हरेक कक्षाकोठामा सिसि क्यामेरा जडान गरिएको छ। स्कूलमा डिजिटल क्लास रूम, पुस्तकालय, डिजिटल ल्याब, साइन्स ल्याब, फिजिक्स ल्याब, आर्ट-क्राफ्ट ग्यालरी, म्युजिक कन्जवेटरी, मटेरियल आर्ट, ट्रान्सपोर्टेसन, स्कूल पार्लियामेन्ट, स्कुल अडोटिरियम, चाइल्ड सेफ्टी, फस्ट–एड क्लिनिक लगायतका सेवा सुविधा छन् । यसका अतिरिक्त, विद्यालयको आफ्नै बास्केटबल र फुटसल मैदान पनि रहेको छ।

    1719373405232.jpg

    गत वर्ष यस बिद्यालयलाई उत्कृष्ट व्यवस्थापन गरेको भन्दै काठमाडौं महानरपालिकाले एक लाख रूपैयाँ पुरस्कारसहित सम्मानसमेत गरेको थियो । उक्त विद्यालयले निजीतर्फ २०६६ सालको राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरिसकेको छ।

    हाल स्कुलमा २ हजार ६ सय भन्दा बढी विद्यार्थीहरु पठनपाठन गरिरहेका छन। स्कुलमा कक्षा २ देखि १२ सम्ममा अतिरिक्त क्रियाकलाप अन्तर्गत चाइनिज भाषाको कक्षासमेत पढाई हुने गरेको छ।

    Polish_20240626_091436299.png

    विद्यार्थीलाई घर समाजमा अनुशासित र कर्तव्यनिष्ठ नागरिकको रुपमा स्थापित गर्न स्कुलले संस्कार सहितको शिक्षा दिनेगरेको छ। साथै किताबी ज्ञानबाहेक अतिरिक्त क्रियाकलापमा समेत जोड दिँदै आएको छ। एलआरआई स्कूलमा पढेका विद्यार्थीहरू विभिन्न क्षेत्रमा स्थापित छन् ।

    Polish_20240626_091300356.png

    एलआरआईले बाल संसद्को अभ्यास गर्दै आएको छ । ‘नेपालमा स्कूलमा पार्लियामेन्टको एक्सरसाइज गराउने, बाल संसद्को एक्सरसाइज गराउने यो पहिलो स्कुल हो। एलआरआइका संस्थापक शिवराज पन्तका अनुसार यो सिस्टम अष्ट्रेलियाको पार्लियामेन्ट सिस्टम हो। यहाँ सभामुख, उपसभामुखदेखि कर्मचारी अनि सांसद्हरू बस्ने सबै व्यवस्था मिलाइएको छ,। प्राचार्य पन्तले भन्नुभयो, अहिले एलआरआईबाट प्रभावित भएर विभिन्न देशका बिद्यालय तथा विश्वविद्यालयहरु यसलाई हुबहु प्रयोगमा ल्याईरहेका छन। र विद्यार्थी पार्लियमेन्ट हेर्न विभिन्न देशबाट शैक्षिक भ्रमण गर्ने गरेका छन।

    FB_IMG_1719370194737.jpg

    संसारका २० भन्दा बढी स्कूलहरूसँग एलआरआईको भगिनी सम्बन्ध रहेको छ। पन्तका अनुसार cultural exchange को रुपमा विभिन्न देशका विद्यार्थीहरु नेपाल आउने र नेपालको विद्यार्थीहरु बिदेश जाने गरेका छन।

    FB_IMG_1719370198911.jpg

    यस्तै, स्कुलले ‘कुमुन’ शिक्षा प्रणालीसमेत लागू गरेको छ । विश्वका ६० भन्दा बढी देशमा Mathatics का लागि प्रभावकारी बन्दै गएको उक्त 'कुमुन' शिक्षा प्रणाली नेपालमा पहिलो पटक एलआरआईले लागू गरेको हो । कुमुन शिक्षा जापानको गणित पढाउने मेथड हो । जो विद्यार्थी Mathematics भन्दा डराउँछन, उनीहरूलाई सजिलो र सहज तरिकारले पढाउने मेथड हो यो ।

    एलआरआई स्कुल सार्वजनिक गुठीअन्तर्गत सञ्चालन भईरहेको छ । यसरी ट्रष्टमार्फत् सञ्चालनमा आएको यो पहिलो स्कूल हो । नेपाल भरीका ७७ वटै जिल्लाका विद्यार्थीहरू अध्ययन गर्दै आएको यस विद्यालयमा १६.५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेको छ।

    FB_IMG_1719369997531.jpg

    एलआरआई स्कुलका संस्थापक शिवराज पन्त लगायत दश जनाले हालसम्म राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरिसकेका छन्। जसअनुरुप पन्तले तत्कालिन राजा बिरेन्द्रबाट गोरखा दक्षिण बाहु सम्मान समेत पाउनुभएको छ। त्यसैगरी यशोधरा पन्त र एलआरआईका प्राचार्य डा. देवकान्त जोशी शिक्षा क्षेत्रमा उत्कृष्ठ योगदान पुर्‍याए बापत्त नेपालका प्रथम राष्ट्रपति रामवरण यादवबाट सम्मानित भइसकेका छन् ।

    Polish_20240626_093908053.png

    एलआरआई देशमा मात्रै नभई विदेशबाट समेत थुप्रै पटक सम्मानित भएको छ । शिक्षालाई अन्तर्राष्ट्रियकरण गरेबापत बेलायती सरकारको ब्रिटिस काउन्सीलबाट इन्टरनेस्नल स्कुल अवार्ड २०१६–१९ प्राप्त गरेको छ । भने बेलायतबाट विद्यार्थीलाई उद्यमशिल शिक्षा प्रदान गरेवापत स्कुलले इन्टरप्राइज चेलेन्ज अवार्ड २०१७ पनि पाएको थियो।

    FB_IMG_1719370146743.jpgFB_IMG_1719369989428.jpgFB_IMG_1719370047223.jpg

    Polish_20240626_094117783.png

    images
    बुधवार, आषाढ १२ २०८१०९:२२:२२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार