Aug 13 2026 | २०८३, श्रावण २८ गते

कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला।

कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला।

  • 554
    SHARES

  • कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला।

    असार, १४ गते काठमाडौ । काठमाडौ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ।

    काठमाडौँ महानगरपालिका अन्तर्गतका संस्थागत शिक्षण संस्थामा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई महानगरपालिकाको वेबसाइट entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ।

    परीक्षामा सोधिने प्रश्नका विषय र क्षेत्र, माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा बहुवैकल्पिक वस्तुगत हुने सुचनामा उल्लेख छ।

    इच्छुक विद्यार्थीहरुले मिति २०८१ असार १५ गते बिहान १०:०० बजेदेखि असार २९ गते शनिवार राती ११:५९ बजेसम्म अनलाइन आवेदन फाराम भर्न सक्नेछन। भने छात्रवृत्तिको लागि मिति २०८१ श्रावण ४ गते बिहान ०८:०० बजेदेखि १०:०० बजेसम्म परिक्षा तोकिएको छ।

    पुनश्च : विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्र सम्बन्धी अन्य विवरण पछि प्रकाशन गरिनेछ र छात्रवृत्तिको नतिजा प्रकाशन भएपश्चात् मात्र विद्यार्थी भर्ना हुन विद्यार्थीहरूमा अनुरोध गरेको छ। साथै नतिजा प्रकाशन हुनु अगाडि नै भर्ना भएका विद्यार्थीहरूलाई छात्रवृत्ति प्राप्तिका लागि सहजीकरण गर्न नसकिने समेत जानकारी दिएको छ।

    FB_IMG_1719535644724.jpg

    images
    शुक्रवार, आषाढ १४ २०८१०६:४४:३८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार