Aug 13 2026 | २०८३, श्रावण २८ गते

एसईई ग्रेडबृद्धी परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

एसईई ग्रेडबृद्धी परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

  • 601
    SHARES

  • एसईई ग्रेडबृद्धी परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

    असार, १८ गते काठमाडौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा आगामी साउन २३ देखि ३१ गते सम्म संचालन हुने भएको छ।

    जस अनुरुप राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धिको समय तालिका सार्वजनिक गरको छ ।

    तालिका अनुसार साउन २३ गतेदेखि ३१ गतेसम्म बिहान ११ बजेदेखि २ बजेसम्म संचालन हुनेछन् । जसमा २०८१ साउन २३ गते अफिलो दिन अनिवार्य बिषय अन्तर्गत अंग्रेजी, संस्कृत तर्फ अनिवर्य संस्कृत/ अनिवार्य अंग्रेजी र मदरसा तर्फ अनिवार्य अरेविक/अनिवार्य अंग्रेजी बिषयको परीक्षा हुनेछ।

    बोर्डको असार १६ गतेको निर्णय अनुसार २०८० साल चैत १५ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा नियमित परीक्षार्थीका रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेको र अनुपस्थित भएका सबै परीक्षार्थीका लागि ग्रेडवृद्धिको समय तालिका सार्वजनिक गरको थियो ।

    यसअघि दुई विषयमा एनजी (नन ग्रेडेड) आएका विद्यार्थीलाई साउन १८ र १९ गते मौका परीक्षा गर्ने निर्णय गरेको मा शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै एनजी आएका सबै विद्यार्थीलाई मौका परीक्षा दिन पाउने व्यवस्था गरेको थियो । त्यसपछि बोर्डले अर्को मिति तय गरेको थियो।

    गत असार १३ गते बिहीबार २०८० सालको एसईईको नतिजा सार्वजनिक गरिएकोमा ५२ प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजा एनजी आएको थियो ।

    हेर्नुहोस तालिका

    FB_IMG_1719885457327.jpgFB_IMG_1719885459030.jpg

    images
    मंगलवार, आषाढ १८ २०८१०७:५४:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार