सोमवार, आषाढ २४ २०८१
असार, २४ गते काठमाडौ । एभरेस्ट इनोभेटिभ स्कुल (EIS)ले एसईई परिक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ। काठमाडौको कालिमाटीमा अवस्थित EIS ले एक कार्यक्रमका बिच विद्यार्थीहरुलाई सम्मान गरेको हो।

स्कुलका प्रिन्सिपल केबि चित्रकारको सभापतित्व र एभरेस्ट इनोभेटिभ फाउन्डेसनका अध्यक्ष शंकर प्रसाद दुलालको प्रमुख अतिथ्यतामा फाउन्डेसनका सिइओ हरिप्रसाद काफ्ले, प्रशासनिक तथा आर्थिक बिभाग प्रमुख रामप्रसाद पौडेल, क्याम्पस प्रमुख दिपक कुमार झा, मेनेजमेन्ट कोर्डिनेटर गोपालप्रसाद दुलाल, बिश्वविद्यालय कोर्डिनेटर किशोर काफ्ले, बोर्ड अफ डाइरेक्टर मनोज श्रेष्ठ लगाएत शिक्षक कर्मचारीको बिशेष उपस्थिति रहेको थियो। कार्यक्रम संचालन EIS कि काउन्सिलर तथा अंग्रेजी शिक्षक ईशा पौडेलले गर्नुभयो।

सम्मान कार्यक्रममा बोल्दै प्रशासन प्रमुख रामप्रसाद पौडेलले एसईई पश्चात् करियरको शुरुआत हुने भएकोले विषय छान्दा साथिभाईहरुको लहड र करकापमा भन्दा पनि स्वबिबेकले आफ्नो रुचि अनउरुप छान्न सुझाव दिनुभयो। साथै पढ्नकोलागी महंगो कलेज मात्रै राम्रो हुन्छ भन्ने भन्दापनी आफु र अभिभावकको अवस्था अनुसार कलेज छान्नुपर्ने बताउनुभयो। साथै निरन्तर उत्कृष्ट नतिजा ल्याउन सफल र बिद्यालयमै विद्यार्थीहरुको आनिबानी र क्षमता पहिचान भएकोले एभरेस्ट इनोभेटिभ कलेजमा नै भर्ना गर्न सुझाव दिनुभयो।

साथै सिइओ हरिप्रसाद काफ्लेले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाइ दिदै कक्षा १२ बिद्यालय शिक्षानै भएकोले आफ्नै कलेजमा पढ्न सुझाउनु भयो। EIS मा पढेका हरेक विद्यार्थीहरुको क्षमता थाहा भएको भन्दै EIC विद्यार्थीहरुको लागी सहि गन्तव्य हुने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा इआइसी कलेजका ब्यबस्थापन संकाय कोर्डिनेटर गोपाल दुलालले उत्कृष्ट रिजल्टको लागि इआइएस र इआइसी एक ब्रान्ड बनेको भन्दै लक्षा १० सम्म पढेका विद्यार्थीहरुलाई कक्षा ११ मा समेत स्वागत गर्न तयार रहेको बताउनुभयो ।

अन्त्यमा कार्यक्रमका प्रमुख अतिथि तथा इआइसीका अध्यक्ष शंकर दुलालले उत्कृष्ट नतिजा लाएर उत्तीर्ण सबै विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै हरेक बर्ष सत प्रतिशत नतिजाला ल्याउन मिहेनत गर्ने बताउनुभयो।

इआईएसमा यसबर्ष २२ जना विद्यार्थीहरुले परीक्षा दिएकोमा २२ जना विद्यार्थी नै उत्कृष्ट नतिजा हासिल गर्दै उत्तीर्ण भएका छन।









