Aug 13 2026 | २०८३, श्रावण २८ गते

निजि तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को उपत्यकाव्यापी कविता महोत्सव सप्पन्न

निजि तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को उपत्यकाव्यापी कविता महोत्सव सप्पन्न

  • 762
    SHARES

  • निजि तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को उपत्यकाव्यापी कविता महोत्सव सप्पन्न

    असार, ३० गते काठमाडौ । निजि तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आदिकवि भानुभक्त आचर्यको २११ औं जन्मदिवसको अवसरमा उपत्यकाव्यापी दोस्रो कविता महोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौको कमलादीस्थित प्रज्ञा प्रतिस्ठानको सिद्धिचरण हलमा प्याब्सनका काठमाडौ जिल्ला अध्यक्ष प्रेम कुमार राईको सभापतित्व र केन्द्रिय अध्यक्ष डिके ढुङ्गानाको प्रमुख आतिथित्वमा कार्यक्रम सम्पन्न भयो।

    20211005011847_IMG_1703~2.JPG

    कविता महोत्सव तथा स्रष्टा सम्मान कार्यक्रमको बिशेष अतिथीको रुपमा प्याब्सनका महासचिव आरबी कटुवाल, साहित्यकार प्राध्यापक डा. देविप्रसाद नेपाल, प्याब्सन केन्द्रिय सचिवालय सदस्य तथा काठमाडौ जिल्लाका प्रमुख सल्लाहकार हरिकृष्ण श्रेष्ठ, लगाएत काठमाडौ जिल्ला प्याब्सनका वरिष्ठ उपाध्यक्ष नवराज भट्ट, उपाध्यक्ष सुर्य भन्डारी, कोषाध्यक्ष आरबि अधिकारी, सहसचिव कृष्ण भन्डारी, सदस्य बिमल घिमिरे, दिनेश पाण्डे, लगाएत नगरका अध्यक्षहरुको उपस्थिति रहेको थियो।

    20211005003125_IMG_1642~2.JPG

    कविता महोत्सवमा साहित्य तथा संस्कृति बिभाग प्रमुख, प्याब्सन काठमाडौ जिल्ला सहकोषाध्यक्ष डिएन अधिकारिले स्वागत मन्तव्य दिनुभयो। बिद्यालय स्तरबाटै बालबालिकाको सिर्जनालाई प्रस्फुटन गराउने उदेश्य र नेपाली साहित्यका चम्किला तारा आदिकवि भानुभक्त आचार्यको नेपाली साहित्यप्रतिको योगदानलाई कदर गर्दै २११औं भानु जयन्तिको अवसरमा 'कविता महोत्सव तथा श्रष्टा सम्मान' आयोजना गरेको अधिकारिले बताउनुभयो ।

    20211004233535_IMG_1594~2.JPG

    प्याब्सनले शैक्षिक क्यालेन्डरमै उल्लेख गरेर कविता महोत्सव आयोजना गरेको भन्दै पहिलो बर्षभन्दा यो बर्ष कार्यक्रम थप व्यवस्थित गरेको बताउनुभयो । सिर्जनात्मक क्षमतालाइ निखार्दै भानुभक्तको योगदान अवको पुस्ताले सिकोस भनेर कविता महोत्सव आयोजना गरेको संयोजक अधिकारिले बताउनुभयो।

    20211005011753_IMG_1699~2.JPG

    कविता महोत्सवमा उपत्यकाबाट छानिएर आएका ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो। उक्तकार्यक्रममा प्याब्सनका केन्द्रिय अध्यक्ष डिके ढुंगानाले बिजेता तथा सहभागी सबै विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुभयो।

    20211005005726_IMG_1663.JPG

    महोत्सवमा काठमाडौ जिल्ला अध्यक्ष तथा कार्यक्रमका सभापति प्रेम कुमार राइले ओझेलमा परेको नेपाली भाषा र साहित्यलाई उजागर गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

    20211004234737_IMG_1610.JPG

    सभापति राईले राजनिती लडखडाएको बेलामा साहित्यले त्यसलाई बचाउने गरेको धारणा व्यक्त गर्नुभयो । साथै भानुभक्तले रामायण उल्था गरेको कुरालाई मात्रै केहि समय लागुगरेको भए हाम्रो अवस्था यस्तो आउदैनथ्यो। राईले भन्नुभयो, सत्ता मात्रै सबै होइन भन्ने कुरा रामायणको भरतबाट बुझ्नुपर्छ । त्यसैगरी प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई कबिता फिल इन त ब्ल्याङक होइन भन्दै लेखन प्रक्रियालाई निरन्तरता दिन सुझाउनुभयो। त्यसैगरी उहाँले साहित्यलाइ निरासा होइन सिर्जनात्मक बनाउनु पर्ने धारणा व्यक्त गर्नुभयो।

    20211005011644_IMG_1695~2.JPG

    कविता प्रतियोगितामा साहित्यकार प्राध्यापक डा. शैलेन्दु प्रकाश शर्मा, पद्मकन्या क्याम्पसका नेपाली बिभागका प्रमुख डा. अम्भिका अर्याल र ज्योति जंगलले निर्णायकको भुमिका निर्वाह गर्नुभयो।

    20211005002518_IMG_1627.JPG

    उक्त महोत्सवमा श्रष्टाहरू प्रतिष्ठित सङ्गीतकार प्राज्ञ शान्तिराम राई, सङ्गीतकार महेश खड्का लाई" प्याब्सन सङ्गीत रत्न सम्मान " र साहित्यकार एवम् समाजसेवी मन्जुश्री के.सी. प्रधान "रानु"लाई प्याब्सन नारी रत्न सम्मान" बाट नगद सहित बिभुषित गरिएको थियो।

    20211005003617_IMG_1653~2.JPG

    कविता महोत्सवमा पहिलो स्थान जुगल नव गुरुकुल स्कुलकि श्रेया बिमलीले १०७ नम्बर प्राप्त गर्दै पहिलो स्थान हात पारेकी छन्। त्यस्तै अरुणिमा सेकेन्डरी स्कुलकि सुचना पन्तले १०६ नम्बर ल्याउदै द्वितीय स्थान र एलिन मेमोरियल स्कुल Ayushtha Ghimire ले १०० प्राप्त गर्दै तृतीय स्थान हात पारिन।

    20211005012529_IMG_1718~2.JPG

    त्यसैगरी चौथो स्थान रिलायन्स इन्टरनेशनल एकेडेमीकि एलिया खड्का (९९), पाँचौ स्थान शिशु मिलन इङ्लिस स्कुलकि आरोही श्रेष्ठ (९८), छैटौं सुर्योदय सेकेन्डरी बोर्डिङ स्कुलकि पृश्ना (Prishna) कपाडी (९७), सातौ विद्या विकास इङ्लिस स्कुल कि सुस्मिता श्रेष्ठ (९६), आठौं जुबिलियन्ट सेकेन्डरी स्कुलकी रिति न्यौपाने (९४) नवौं स्थान नेशनल ब्लूमिङ फ्लवर एकेडेमीकि आकृति राना मगर (९३) र दशौऔं स्थान फुजन एकेडेमीका आशिष शिंह (९२.५) ले प्राप्त गरे।

    20211005012529_IMG_1718~2.JPG

    कविता महोत्सवमा प्रथम पुरस्कारः नगद रु. २० हजार, द्वितीय पुरस्कारः नगद रु.१५ हजार, तृतीय पुरस्कार नगद रु.१० हजार, चौथो र पाँचौ पुरस्कार नगद रु.४ हजार र सान्त्वना पुरस्कार (५ जनालाई) नगद रु.३०००, का दरले, मेडल तथा प्रमाण-पत्र बितरण गरिएको थियो।

    20211005011510_IMG_1691~2.JPG

    उक्त कार्यक्रम संचालन प्याब्सन काठमाडौका सचीव सुदर्शन थापा सहसचिवद्वय ॐ प्रसाद ढकाल र अनिल पराजुलिले गर्नुभयो।

    20211004232447_IMG_1590~2.JPG

    भानुजयन्ती नेपाल बाहिरका देशहरूमा पनि नेपाली भाषीहरूले मनाउँदै आएका छन् । हङकङ्ग, बर्मा, थाइल्याण्ड, भुटान, भारतको आसाम, दाजर्लिङ, सिक्किम, साथै अमेरिका, युरोपमा पनि मनाइन्छ । उनका साहित्यिक सिर्जना र भाषागत योगदानले भानु आज पनि नपाली भाषीबिच उत्तिकै सशक्त ज्युदा छन् भन्न सकिन्छ ।FB_IMG_1720791852424.jpg

    उनका कृति रामायण, बधूशिक्षा, भक्तिमाला, प्रश्नोत्तरमाला, रामगीता आज पनि नेपाली जनजिब्रोमा त्यत्तिकै लोकप्रिय छन् । उनका भाषागत संवेदनशीलता, सरलता, मौलिकता, लालित्ययता सबै खालका काव्यगत विशेषताहरू उनको लेखमा पाइन्छ ।

    20211005011600_IMG_1693.JPG20211005011929_IMG_1705.JPG20211004214436_IMG_1500.JPG20211004212631_IMG_1481.JPG20211004212553_IMG_1480.JPG

    images
    आइतवार, आषाढ ३० २०८१०६:४८:२३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार