Oct 03 2026 | २०८३, आश्विन १७ गते

पाठ्यक्रम विकास केन्द्रद्वारा लेटर ग्रेडिङ निर्देशिका संशोधन।

पाठ्यक्रम विकास केन्द्रद्वारा लेटर ग्रेडिङ निर्देशिका संशोधन।

  • 644
    SHARES

  • पाठ्यक्रम विकास केन्द्रद्वारा लेटर ग्रेडिङ निर्देशिका संशोधन।

    साउन, ३ गते काठमाडौ । पाठ्यक्रम विकास केन्द्रले लेटर ग्रेडिङ निर्देशिका संशोधन गरेको छ। संशोधन अनुसार कक्षा १० मा जतिवटा विषयमा एनजी आए पनि ग्रेड वृद्धि परीक्षा दिन मिल्ने व्यवस्था मिलाइएको छ।

    FB_IMG_1721312978392.jpg

    अर्को संशोधनमा नभए अब हुने एसईई परीक्षामा पनि जतिवटा विषयमा एनजी आएपनि विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन्। तर यो सुविधा कक्षा आठ र कक्षा १२ का विद्यार्थीहरुलाई प्राप्त हुने छैन। कक्षा आठ र कक्षा १२ मा भने बढीमा दुई विषयमा एनजी ल्याएका विद्यार्थीले मात्र ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन्।

    विद्यालय शिक्षा कक्षा १० को सामाजिक अध्ययन विषयको पृष्ठसङ्ख्या १६ मा र कक्षा ४ को सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषयको पाठ्यपुस्तकको पृष्ठसङ्ख्या ९३ मा सम्बन्धित सरोकारवालाबाट केही विषयवस्तु संशोधन हुन माग भई आए‌काले विषयवस्तु संशोधन गरिएको केन्द्रले जानकारी दिएको छ।

    संशोधन गरिएका विषयवस्तु समायोजन गरिएको पाठ्यपुस्तक केन्द्रको वेवसाइट www.moecdc.gov.np मा समेत अपलोड गरिए‌काले सीजनुरूप पठनपाठन गर्नु गराउनुहुन विद्यालय, शिक्षक, विद्याचीलगायत सम्बद्ध सरोकारवाला सबैमा जानकारीका लागि निर्देशानुसार अनुरोध छ केन्द्रले जारी गरेको सुचनामा भनिएको

    FB_IMG_1721313015781.jpg

    images
    बिहिवार, श्रावण ३ २०८१०८:३०:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार