मंगलवार, श्रावण २९ २०८१
साउन, २९ गते काठमाडौ । निजी तथा आवासीय विद्यालयहरुको छाता सङगठन (प्याब्सन) काठमाडौं जिल्लाले एसईई २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ। काठमाडौको कमलादीस्थित हलमा सोमबार एक भब्य कार्यक्रमकाबीच विद्यार्थीहरुलाई सम्मान गरेको हो।

विद्यार्थीहरुलाई सम्मान गर्न आयोजित उक्त भब्य कार्यक्रममा प्याब्सन काठमाडौ जिल्लाका अध्यक्ष प्रेम कुमार राई सभापति रहनुभयो। सभापति राइले कार्यक्रमको सुरुवातमा कार्यक्रमको औचित्य बारे पुष्टि पार्नुभयो।

कार्यक्रममा प्याब्सन काठमाडौका वरिष्ठ उपाध्यक्ष नवराज भट्टले स्वागत मन्तव्य दिनुभयो। उक्त क्रममा भट्टले राज्यले निजि विद्यालयको योगदानको कदर नगरेको भन्दै सरकाले हेर्ने दृष्टिकोण गलत रहेको धारणा ब्यक्त गर्नुभयो। रिजल्ट हामीले धानेका छौ, लगानी हामीले गरेका छौ तर हामीलाई सम्मान गर्नुको सट्टा अपहेलित गरिएको छ भन्दै गरिखाने बर्गको लगानिको सुरक्षा कसले गर्छ? प्रश्न गर्नुभयो।

कार्यक्रममा २०८० को एसईईमा ४ जिपिए ल्याउने सामुदायिक विद्यालय र प्याब्सन काठमाडौका सदस्य बिद्यालयका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो भने प्याब्सन काठमाडौका सदस्य बिद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको हो।

त्यसैगरी प्रत्येक विद्यालयका उच्चतम् जिपिए प्राप्त गर्न सफल भएका बिषयगत शिक्षकहरु र एउटै बिद्यालयमा २० बर्ष बढी सेवा पूरा गरेका शिक्षक कर्मचारीहरुलाई समेत सम्मान गरेको छ। साथै सामाजिक जीवनमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने बिशिस्ट ब्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री तथा सहरी बिकास मन्त्री प्रकाशमान श्रेष्ठले आफ्नो भविष्यको बारे सोचेर जिवनको उदेश्य पूरा गर्न विद्यार्थीहरुलाई मिहेनत गर्न सुझाव दिनुभयो। सरकारको मात्रै होइन समाजमा प्राइभेट इन्स्टिट्युसनहरुले ठूलो योगदान पुर्याएको भन्दै उपप्रधानमन्त्री सिंहले प्राइभेट स्कुलमा भएका समस्याहरुलाई छलफल मार्फत हल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। साथै उहाँले शैक्षिक क्षेत्रलाई ब्यवस्थित बनाउन सरकारको तर्फबाट र ब्यक्तिगत रुपमा स्वयं लागेर पहल गर्ने बताउनुभयो।

त्यसैगरी राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईई २०८० मा उत्कृष्ट नतिजा हाँसिल गर्ने विद्यार्थीहरुलाई बधाइ तथा शुभकामना दिनुभयो। उहाँले शैक्षिक नतिजाको हिसावले निजि बिद्यालयहरुले पुर्याउदै आएको योगदान अतुलनीय रहेको बताउनुभयो। नेपालमा परीक्षा प्रणालीको कुरा गर्दा बिषयगत नतिजा हेर्दा पहिलेको भन्दा सुधार हुँदै आएको भन्दै नतिजाको बेला मात्रै बहस होइन अन्य बेला समेत चासो राख्नु पर्ने बताउनुभयो।

त्यसैगरी उक्त सम्मान कार्यक्रममा प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुङ्गानाले शिक्षक र विद्यार्थीहरुलाई सम्मान गरेको प्रती प्याब्सन काठमाडौलाई धन्यवाद व्यक्त गर्नुभयो। प्याब्सन प्राइभेट स्कुल चलाउने ब्याक्तिहरुको मात्रै संस्था नभई सबैको साझा सामुदायिक संस्था हो भन्दै देशको शैक्षिक उन्नयनका निम्ति यसले महत्वपूर्ण भुमिका खेलिरहेको बताउनुभयो।

नेपालको शिक्षाको कुरा गर्दा खेरी बिश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने ठाउँमा रहेको भन्दै अध्यक्ष ढुङ्गानाले समाजले आफ्नै देशको गुणस्तर र सम्भावनालाई ग्रहण गर्न नसक्नु समस्या भएको बताउनुभयो। त्यस्तै उहाँले विश्वविद्यालय शिक्षा पढ्न बिदेश जानुपर्ने अवस्था नरहेको समेत बताउनुभयो।

अध्यक्ष ढुङ्गानाले निजि बिद्यालयको नतिजाले धानेको शैक्षिक क्षेत्रमा निजि विद्यालयलाई नै लखेटिने गरेकोप्रती सरकार र राज्यसंग असन्तुष्टि व्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा प्याब्सनका पुर्व अध्यक्ष एवम् बरिस्ठ सल्लाहकार उमेश श्रेष्ठ, मूनलाइट टेलिभिजनका कार्यकारी निर्देशक विश्व आचार्य लगाएत सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरेको छ।

विद्यार्थीहरुलाई सम्मान गर्न आयोजित उक्त भब्य कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल सरकारका उपप्रधानमन्त्री तथा शहरी बिकास मन्त्री प्रकाशमान सिंह रहनुभयो। साथै बिशिस्ट अतिथिको रुपमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा, प्याब्सन केन्द्रीय अध्यक्ष डिके ढुङ्गाना, पुर्व प्याब्सन अध्यक्ष तथा वरिष्ठ सल्लाहकार उमेश श्रेष्ठ, काठमाडौ जिल्ला समन्वय इकाइ प्रमुख बिचारी प्रसद अधिकारी, प्याब्सन केन्द्रिय उपाध्यक्ष गोपाल प्रसाद आचार्य, संगिता सिलवाल, महासचिव आर.वि.कटुवाल, सल्लाहकार हरिकृष्ण श्रेष्ठ लगाएत केन्द्रीय पदाधिकारी, जिल्ला पदाधिकारी र कार्यसमितिमा रहेका सदस्यहरु तथा प्याब्सन अन्तर्गत काठमाडौ जिल्लाका स्कुल प्रिन्सिपल, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रम प्याब्सन काठमाडौका सचिव सुदर्शन थापा तथा सह-सचिवहरू अनिल पराजुली तथा ओम प्रसाद ढकालले गर्नु भएकाे थियाे ।









