Oct 02 2026 | २०८३, आश्विन १६ गते

नेपालमा शिक्षाको अवस्था सुधारको मार्गचित्र' बिषयक छलफल तथा अन्तरक्रिया आयोजना।

नेपालमा शिक्षाको अवस्था सुधारको मार्गचित्र' बिषयक छलफल तथा अन्तरक्रिया आयोजना।

  • 676
    SHARES

  • नेपालमा शिक्षाको अवस्था सुधारको मार्गचित्र' बिषयक छलफल तथा अन्तरक्रिया आयोजना।

    भदौ, ८ गते काठमाडौ । नेकपा(एमाले) समन्वय कमिटीद्वारा शिक्षा बिभागले 'नेपालमा शिक्षाको अवस्था सुधारको मार्गचित्र' बिषयक छलफल तथा अन्तरक्रिया गरेको छ। शुक्रवार काठमाडौमा एक कार्यक्रमका बिच उक्त कार्यक्रम आयोजना गरेको हो।

    IMG_5289.JPG

    कार्यक्रम राजुराम अधिकारीको सभापतित्वामा नेकपा एमालेको महासचिव शंकर पोख्रेलको प्रमुख अथित्यता र शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराईको बिशेष अतिथित्वमा भयो। उक्त कार्यक्रममा सभापति राजुराम अधिकारिले कार्यक्रमको उदेश्य तथा औचित्यमाथी प्रकाश पार्नुभयो।

    IMG_20240824_215954.png

    उहाँले नेकपा एमालेको सरकार र शिक्षा मन्त्री पनि रहेकोले केही कार्यहरू गर्न सकिन्छ भनेर कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उच्च- शिक्षा तथा बिद्यालय शिक्षालाई ब्यबस्थित गर्न स्क्ने अवस्था छ भन्दै सभापति अधिकारिले शिक्षा शान्ति क्षेत्र हुनुपर्ने र नीति तथा तर्जुमा कार्यन्वयनमा अघि बढ्नुपर्ने बताउनुभयो।

    IMG_5321.JPG

    उक्त कार्यक्रममा नेकपा (एमाले) सम्पर्क समन्वय कमिटी संयोजक श्याम बस्नेतले शुभकामना मन्तव्य दिनुभयो । उहाँले एयरपोर्टमा युवा विद्यार्थीहरुको लाम देख्दा कहाली लाग्दो अवस्था रहेको भन्दै यो अवस्थामा भोलिको भविष्य के हुन्छ? सोच्नुपर्ने अवस्था रहेको बताउनुभयो । साथै देशलाइ यो अवस्थाबाट अघि बढाउन नसके अहिल नेतृत्वहरुलाई सराप्ने अवस्था आउने बताउनुभयो ।

    IMG_5316.JPG

    कार्यक्रममा प्राध्यापक डा. प्रेम सागर चापागाईंले नेपालको उच्च- शिक्षा, बर्तमान अवस्था, प्रमुख चुनौतीहरु र समाधान बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो। साथै डा. लेखनाथ पौड्यालले विद्यालय शिक्षा बारे आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभयो।

    IMG_5318.JPGIMG_5336.JPG

    उक्त कार्यक्रममा नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले शिक्षा जागरणको नेतृत्व राजनैतिक रूपमा सचेत रहेकाहरूले गरे मात्र सफल हुने बताउनुभएको छ । नेपालमा शिक्षाको अवस्था सुधारको मार्गचित्र विषयक कार्यक्रममा उहाँले उक्त धारणा राख्नुभएको हो ।

    IMG_5343.JPG

    महासचिव पोखरेले समुदाय र विद्यालय बिचको सम्बन्धलाई कायम गर्ने गरी मन्त्रालयले भूमिका निभाउनुपर्ने कुरा जोड दिनुभयो । नेकपा (एमाले) समन्वय कमिटी, शिक्षा विभागद्वारा आयोजित कार्यक्रममा उहाँले शिक्षकहरू सङ्घ मातहत मात्र बस्न चाहने र स्थानीय तहमा जान नचाहने प्रवृत्ति शिक्षा विकासको बाधक रहेको बताउनुभयो । सामुदायिक विद्यालयबाट मध्यम वर्गीय विद्यार्थीहरू बाहिर गइसकेको बताउँदै उहाँले समाजमा पछाडि परेकाहरू मात्र सामुदायिक विद्यालय जाने प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

    20211115014044_IMG_5346.JPG

    त्यसैगरी कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षालाई सुधार गर्ने सोच बदल्नु पर्ने बताउनु भएको छ । उहाँले नेतृत्वमा भएकाहरूमा सुशासनको समस्या भएको भन्दै शिक्षामा भएको समस्या किटान गरी समाधानको बाटोमा लाग्न आग्रह गर्नुभयो ।

    IMG_5360.JPG

    मन्त्री भट्टराईले विश्वविद्यालयको अनुसन्धानलाई विद्यालयको पाठ्यपुस्तकसँग जोड्नु जरुरी रहेको बताउनु भयो । उहाँले संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने समितिहरू भएर पनि क्रियाशील हुन नसक्दा शिक्षा सम्बन्धि विधान संशोधनको कुरा उठेको बताउनुभयो ।

    IMG_20240823_164124.jpg

    कार्यक्रमका टिप्पणीकर्ता एबम मदन भण्डारी मेमोरियल कलेजका प्रमुख डा बाबुराम अधिकारीले कक्षा १२ सम्मको शिक्षा स्थानीय सरकारको जिम्मेवारीमा परेपछि सङ्घीयताको मोडेल अनुसार ठिक भए पनि स्थानीय सरकारले धान्न नसक्ने अवस्था आएको दाबी गर्नुभयो । उहाँले संविधान मार्फत सुधार गर्ने दिशातिर जानुपर्नेमा समेत जोदिनु भयो ।

    IMG_20240824_221026.png

    डाक्टर अधिकारीले शिक्षामा भाषिक नीति बनाउन आवश्यक रहेको औंल्याउनुभयो । टिप्पणीकर्ता डाक्टर अधिकारीले शिक्षा क्षेत्रका सबै सरोकारवालाहरू जबाफदेही हुनुपर्ने बताउँदैे शिक्षकलाई सम्मान गर्न आवश्यक रहेको बताउनुभयो ।

    त्यसैगरी कार्यक्रममा प्रा.डा. बालचन्द्र लुइटेलले  सोसल सर्भिस सबैभन्दा बढि आकर्षण रहेपनि हामी यस कुरासंग कसरी कनेक्ट् गर्ने? यसबारे सोच्नपर्ने बताउनुभयो । त्यसैगरी प्राधापक डा. बाशुदेव काफ्ले हाइयर एजुकेसन सिस्टम पोलिटिकल भन्दा बाहिर नभएको धारणा व्यक्त गर्नुभयो।

    IMG_5349.JPG20211115015440_IMG_5351.JPG

     

    उक्त कार्यक्रममा नेपाली कांग्रेसका शिक्षा बिभाग प्रमुख डा.कृष्ण पौडेलले राज्यका दायित्व भित्र भएका कुरालाइ कसरी हेर्छौ? कक्षा ८ र १० मा हुने ६५ % अनुत्तीर्ण विद्यार्थीलाई के गर्ने? यसबारे समेत चिन्तित हुनुपर्मे भन्दै उच्च- शिक्षा अध्यायन गर्ने विद्यार्थी घट्दो क्रममा रहेको प्रती चिन्ता व्यक्त गर्नुभयो। त्यसैगरी उहाँले विश्वविद्यालय कुलपती प्रधानमन्त्री हुनेकुरा हटाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    IMG_5359.JPG

    उक्त कार्यक्रम शिक्षा बिभागका सचिव भवदत्त सापकोटाले संचालन गर्नुभयो।

    IMG_5297.JPG

    images
    शनिवार, भाद्र ८ २०८१०९:५१:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार