बिहिवार, भाद्र १३ २०८१
भदौ, १३ गते काठमाडौ । नेपाल मेडिकल काउन्सिलको ७०औं चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परिक्षाको लागि आवेदन खुलेको छ।
काउन्सिलको आगामी २०८१ असोज १३ देखि १५ गतेसम्म (२०२४ सेप्टेम्बर २९-अक्टोबर १) हुने ७०औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) का लागि आवेदन खुलेको हो।
फाराम भर्ने मितिः २०८१ भदौ १३ गतेदेखि असोज २ गतेसम्म (विलम्ब शुल्क सहित असोज ३ र ४ गते) परीक्षा हुने स्थानः इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक ललितपुर ।
फाराम भर्नका लागि exam.nmc.org.np मा दिइएको निर्देशन बमोजिम अनलाइन फारम भरी बुझाउन सकिने छ।
