बुधवार, भाद्र १९ २०८१
भदौ, १९ गते काठमाडौ । नेपाल नर्सिङ परिषद्को नाम दर्ता प्रमाण–पत्र (लाइसेन्स) परीक्षाका लागि आवेदन खुला गरिएको छ । परिषद्द्वारा लिइने परीक्षाको वार्षिक कार्य तालिका अनुसार मिति २०८१ साल कात्तिक १० गते लिइने नाम दर्ता प्रमाण–पत्र परीक्षाको लागि आवेदन खुला गरिएको हो।
नाम दर्ता परीक्षामा सामेल हुने परीक्षार्थीहरूले मिति २०८१ भदौ २ गतेदेखी असोज १८ गतेसम्म नियमित र असोज २१ गते कार्यलय समयभित्र बिलम्ब शुल्क तिरेर अनलाइन मार्फत आवेदन दिन सक्ने छन । साथै आवेदन दिन न्यूनतम प्रवीणता प्रमाण-पत्र तह नर्सिङ (PCL. Nursing) वा वी.एस्सी नर्सिङ (B.Sc. Nursing) उत्तीर्ण भएको हुनुपर्नेछ।
अनलाइन फाराम भर्नका लागि लिङ्क application.nnc.org.np मा गई दिइएको निर्देशन बमोजिम फारम भर्न सकिमे छ। साथै अनलाइन बाहेक अन्य कुनै पनि माध्यमबाट परीक्षाको आवेदन फाराम बुझाउन पाइने छैन।
परीक्षा २०८१ कार्तिक १० गते शनिवारका दिन हुने छ।
