सोमवार, आश्विन १४ २०८१
असोज, १४ गते काठमाडौ । काठमाडौँ महानगरपालिकाले अभिभावकको सहमति बिना विद्यालयमा अतिरिक्त कक्षा नलिन संस्थागत विद्यालयहरूलाई अनुरोध गरेको छ। काठमाडौ महानगरपालिका अन्तरगतका सम्पुर्ण संस्थागत विद्यालयहरुलाइ पत्राचार गर्दै यस्तो अनुरोध गरेको हो।
प्रस्तुत विषयमा, काठमाडौं महानगरपालिका अन्तर्गत सञ्चालित केही संस्थागत विद्यालयहरुले विद्यार्थीलाई अतिरिक्त कक्षाको नाममा विद्यार्थी तथा अभिभावकलाई बाध्य पारी अतिरिक्त शुल्क लिएको भनी सम्बन्धित अभिभावकहरुको जनगुनासो प्राप्त भएकाले यस महानगरपालिकाको ध्यानाकर्षण भएको छ पत्रमा उल्लेख छ।
अभिभावक तथा विद्यार्थीको सहमति विना त्यस्ता अतिरिक्त कक्षाहरु अनिवार्य नगराउनु हुन र अतिरिक्त कक्षामा सहभागी हुन सहमति जनाएका विद्यार्थीलाई सहुलियत दरमा शुल्क लिने गरी मात्र अतिरिक्त कक्षा सञ्चालन गर्ने व्यवस्था हुनका लागि अनुरोध गरेको छ।