Aug 14 2026 | २०८३, श्रावण २९ गते

शिक्षकलाई नियमानुसार मासिकरूपमा तलब भत्ता भुक्तानी मिलाउन केन्द्रको निर्देशन

शिक्षकलाई नियमानुसार मासिकरूपमा तलब भत्ता भुक्तानी मिलाउन केन्द्रको निर्देशन

  • 643
    SHARES

  • शिक्षकलाई नियमानुसार मासिकरूपमा तलब भत्ता भुक्तानी मिलाउन केन्द्रको निर्देशन

    असोज, १६ गते काठमाडौ । शिक्षा तथा मानव स्रोत बिकास केन्द्रले शिक्षकलाई नियमानुसार मासिकरूपमा तलब भत्ता भुक्तानी मिलाउन केन्द्रको निर्देशन दिएको छ। केन्द्रले देशैभरिका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो।

    चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत कार्यक्रम कार्यान्वयन कार्यविधिको खण्ड २ स्थानीय तहबाट सम्पादन हुने सशर्त अनुदानका सव बजेट उपशीर्षकहरूको कार्यक्रम कार्यान्वयन प्रक्रिया एवम् मापदण्डको शिक्षकको तलबभत्ता अन्तर्गत बुँदा नं ५ मा विद्यालयले शिक्षक र कर्मचारीको तलब भत्ता वैङ्‌कमार्फत् भुक्तानी हुने व्यवस्था मिलाउनुपर्ने पत्रमा उल्लेख छ।

    साथै विद्यालयले त्रैमासिकको पहिलो महिनामा ३ महिनाका लागि नियमानुसार आवश्यक तलब भत्ता स्थानीय तहमा माग गर्ने र सोका आधारमा स्थानीय तहले विद्यालयलाई निकासा दिई विद्यालयले शिक्षकलाई नियमानुसार मासिकरूपमा तलब भत्ता भुक्तानी हुने व्यवस्था मिलाउने" उल्लेख भएको व्यहोरा अवगत नै रहेको र उक्त प्रावधानलाई प्रभावकारी कार्यान्वयन गर्नुहुन यस केन्द्रको मिति २०८१ असोज १६ को निर्णयानुसार अनुरोध छ पत्रमा भनिएको छ।

    FB_IMG_1727861286544.jpg

    images
    बुधवार, आश्विन १६ २०८१०३:२३:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार