Aug 14 2026 | २०८३, श्रावण २९ गते

भर्चुअल कक्षा सञ्चालन सम्बन्धी जानकारी- CEHRD

भर्चुअल कक्षा सञ्चालन सम्बन्धी जानकारी- CEHRD

  • 758
    SHARES

  • भर्चुअल कक्षा सञ्चालन सम्बन्धी जानकारी- CEHRD

    मंसिर, १ गते काठमाडौ। शिक्षा तथा मानवस्रोत बिकास केन्द्रद्वारा माध्यमिक तहका सबै विद्यालयलाई लक्षित गरी विषयगत पाठ सिकाइमा सहयोग पुऱ्याउने उद्देश्यले भर्चुअल कक्षा संचालन भईरहेका छन ।

    विद्यालय शिक्षाका पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित भई कक्षा १ देखि १० सम्मका अनिवार्य विषयका तालिम प्राप्त अनुभवी विषय शिक्षक तथा विषयविज्ञ सहजकर्ताको सहजीकरणमा प्रत्यक्ष शिक्षणमा आधारित रेकर्डेड video पाठहरू उत्पादन गरी नेपाल टेलिभिजनको NTV+ च्यानलबाट हरेक दिन बिहान ६:०० देखि ८.३० बजे र साँझ ४:३० देखि ७:०० बजेसम्म virtual कक्षापाठ र रेडियो नेपालबाट कक्षा ९ देखि १२ सम्मका अनिवार्य विषयका उत्पादित श्रव्य पाठहरू साँझ ५:१५ देखि ५:४५ तथा साँझ ८:२५ देखि ८:५५ सम्म प्रसारण भइरहेको केन्द्रले जानकारी दिएको छ।

    प्रसारणमा ल्याइने उल्लिखित पाठहरू सबै विद्यालय, विशेष गरी कक्षा १० का SEE दिने अङ्ग्रेजी, विज्ञान, गणित, सामाजिक र नेपाली विषयका परीक्षार्थी एवं अन्य कक्षाका विद्यार्थी, शिक्षक र अभिभावकले सक्ने छन् ।

    यस कार्यमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकज्यूहरूले आ-आफ्ना विद्यालयका विद्यार्थीलाई हेर्न, सुन्न प्रोत्साहित केन्द्रले अनुरोध गरेको छ। साथै केन्द्रबाट उत्पादन गरी प्रसारण गरिँदै आइएका उक्त श्रव्यदृश्य पाठको Video केन्द्रको युटुब च्यानल www.youtube.com/ncedvirtual मा राखिएकाले समेत जानकारी दिएको छ।

    यसका साथै पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित पाठ्यपुस्तक र यस केन्द्रबाट उत्पादित श्रव्यदृश्य सामग्रीका अतिरिक्त अन्य सिकाइ सामग्री समेत समावेश गरी केन्द्रद्वारा सञ्चालित सिकाइ चौतारी (Learning Portal) नियमित रूपमा हेर्न समेत अनुरोध गरिन्छ केन्द्रले भनेको छ। सिकाइ चौतारी (learning.cehrd.edu.np) वा केन्द्रको वेबसाइटको गृहपृष्ठमा रहेको सिकाइ चौतारी नामक लिङ्कमा उपलब्ध रहेको केन्द्रले बताएको छ।

    FB_IMG_1731719620794.jpg

    images
    शनिवार, मंसिर १ २०८१०७:५६:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार