Oct 02 2026 | २०८३, आश्विन १६ गते

नारायणी बहुप्राविधिक शिक्षालयमा शिक्षा मन्त्रीले गरिन् अन्तरक्रिया

नारायणी बहुप्राविधिक शिक्षालयमा शिक्षा मन्त्रीले गरिन् अन्तरक्रिया

  • 454
    SHARES

  • नारायणी बहुप्राविधिक शिक्षालयमा शिक्षा मन्त्रीले गरिन् अन्तरक्रिया

    मंसिर, २२ गते चितवन। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले चितवन स्थित नारायणी बहुप्राविधिक शिक्षालयको भ्रमण भ्रमण गरेकी छिन। शुक्रवार मन्त्री भट्टराईले त्यहाँ सञ्चालन भइरहेको औद्योगिक प्रशिक्षार्थी र पूर्व सिकाइको मान्यता बिधिबाट सीप प्रमाणित भएका पेशाकर्मीहरूसँग अन्तरक्रिया गरेकी छन् ।

    अन्तरक्रियामा मन्त्री भट्टराईले सीप सिकेर पेशा गर्नुपर्ने र उक्त पेशालाई उदाहरणीय बनाएर अरूलाई पनि आफुले जानेका सीपको प्रमाणीकरण गर्न उत्साहित गराउनुपने बताइन्।

    अन्तरक्रियामा सहभागी पेशाकर्मीहरूले सीप परीक्षण गरी प्रमाणपत्र हासिल गरेपछि आफ्नो गौरव महशुस भएको, आत्मविश्वास बढेको, काम पाउन सजिलो भएको, समाजमा आत्मसम्मान बढेको कुरा बताउनु भएको थियो । पेशाकर्मीहरूले सीप परीक्षण गर्ने कामलाई चुस्त र व्यवस्थित बनाइदिनु पर्ने, प्रचार प्रसार व्यापक गरी धेरै भन्दा धेरैलाई समावेश गर्नुपर्ने, स्थानीय तहमा पञ्जिकरण हुने नीतिगत व्यवस्था गरिदिनु पर्नेमा सुझाव दिए ।

    अन्तरक्रियामा सहभागीबाट प्राप्त सुझावहरूलाई नीतिगत व्यवस्था गरी लागु गर्ने मन्त्री भट्टराईले बताइन्। साथै प्राविधिक शिक्षालयहरूले आफ्नो जिम्मेबारीमा स्पष्ट हुनुपर्ने र स्वीकार गरेको जिम्मेबारी पूर्णत लागु गर्नुपर्ने धारणा ब्यक्त गरिन् ।

    images
    शनिवार, मंसिर २२ २०८१०७:२८:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार